Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

१३६ घरधुरीको जमरा एकै ठाउँमा : छुवाछुत नियन्त्रणमा नमूना गाउँ

१३६ घरधुरीको जमरा एकै ठाउँमा :  छुवाछुत नियन्त्रणमा नमूना गाउँ

नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्। 

सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय ब्राह्मण, क्षेत्री, नेवार, मगर, घर्र्ती, जनजाती तथा दलित समुदायका मिजार, विक, दमाई, नेपालीका परिवारले निरन्तरता दिएका हुन्। 

नेपाल एकीकरणको नुवाकोटबाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि वेलकोटगढीमा रहेको निरञ्जला भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यस पटक वेलकोट र आसपासका एक सय २६ घरधुरीका ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए। 

उनका अनुसार सो मन्दिरमा दुई सय ४० वर्ष भन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिदै आएको छ। 

सामूहिक जमरा राख्न तथा पुजा सञ्चालन गर्नका लागि वेलकोटगढी नगरपालिकाले तीन लाख रुपैयाँ उपलब्ध गराएको छ। वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीका अनुसार नगरपालिकाले २०७६ सालमा दुई लाख, २०७५ सालमा एकलाख ४० हजार र २०७४ सालमा  एकलाख २० हजार रुपैयाँ दिएको थियो। 

प्रतिक्रिया