Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मेयरले वडा कार्यालय उद्घाटन गर्नेबित्तिकै उपमेयरले शिलालेखमा ढुंगाले हानिन्

मेयरले वडा कार्यालय उद्घाटन गर्नेबित्तिकै उपमेयरले शिलालेखमा ढुंगाले हानिन्

जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरुको हर्कतले कहिलेकाहीँ सर्वसाधारणलाई नै लज्जित बनाउँछ । जनप्रतिनिधिहरुको ‘दयालाग्दो’ काम र व्यवहार नेपालमा नौलो हैन । यस्तै घटना शनिबार कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखिएको छ ।

मेयर ममताप्रसाद चौधरीले ७ नम्बर वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिरहेको बेला उपमेयर प्रेमकुमारी थापाले शिलालेखमा ढुंगाले हान्दै मेयरविरुद्ध नाराबाजी गरिन् । मेयर चौधरी प्रधानमन्त्री केपी शर्मा ओली गुटका हुन् । उपमेयर थापा पूर्वप्रधानमन्त्री माधव नेपाल गुटकी हुन् । मेयर चौधरी र उपमेयर थापाबीच निर्वाचित भएदेखि नै विवाद छ ।

शनिबार बिहान वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा शिलालेख आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले ढुंगा बजार्दै विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जनासमेत भएको थियो । मेयरले कार्यालय भवनको उद्घाटन गर्नेबित्तिकै उपमेयर थापाले शिलालेखमा ढुंगा बजारेकी थिइन् ।

मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै त्यसो नगर्न भनेका थिए । तर उपमेयरले उनको आग्रह मानिनन् । शिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले ‘बाइपास’ गरेकाले त्यो अवस्था सिर्जना भएको उपमेयर थापाले प्रतिक्रिया दिइन् । कार्यपालिकामा कुनै छलफल नभइ नगर प्रमुखले एकलौटी गरेको उनको आरोप छ ।

वडा नम्बर ७ का वडा सदस्य देवचरण चौधरीका अनुसार शिलालेखको विषयलाई लिएर मेयर र उपमेयरबीच हात हालाहालको अवस्था सिर्जना भए पनि उद्घाटन कार्यक्रम सम्पन्न भएको बताए ।

प्रतिक्रिया