ताजा अपडेट
मेयरले वडा कार्यालय उद्घाटन गर्नेबित्तिकै उपमेयरले शिलालेखमा ढुंगाले हानिन्
जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरुको हर्कतले कहिलेकाहीँ सर्वसाधारणलाई नै लज्जित बनाउँछ । जनप्रतिनिधिहरुको ‘दयालाग्दो’ काम र व्यवहार नेपालमा नौलो हैन । यस्तै घटना शनिबार कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखिएको छ ।
मेयर ममताप्रसाद चौधरीले ७ नम्बर वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिरहेको बेला उपमेयर प्रेमकुमारी थापाले शिलालेखमा ढुंगाले हान्दै मेयरविरुद्ध नाराबाजी गरिन् । मेयर चौधरी प्रधानमन्त्री केपी शर्मा ओली गुटका हुन् । उपमेयर थापा पूर्वप्रधानमन्त्री माधव नेपाल गुटकी हुन् । मेयर चौधरी र उपमेयर थापाबीच निर्वाचित भएदेखि नै विवाद छ ।
शनिबार बिहान वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा शिलालेख आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले ढुंगा बजार्दै विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जनासमेत भएको थियो । मेयरले कार्यालय भवनको उद्घाटन गर्नेबित्तिकै उपमेयर थापाले शिलालेखमा ढुंगा बजारेकी थिइन् ।
मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै त्यसो नगर्न भनेका थिए । तर उपमेयरले उनको आग्रह मानिनन् । शिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले ‘बाइपास’ गरेकाले त्यो अवस्था सिर्जना भएको उपमेयर थापाले प्रतिक्रिया दिइन् । कार्यपालिकामा कुनै छलफल नभइ नगर प्रमुखले एकलौटी गरेको उनको आरोप छ ।
वडा नम्बर ७ का वडा सदस्य देवचरण चौधरीका अनुसार शिलालेखको विषयलाई लिएर मेयर र उपमेयरबीच हात हालाहालको अवस्था सिर्जना भए पनि उद्घाटन कार्यक्रम सम्पन्न भएको बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया