ताजा अपडेट
अधिकारले दिए सम्मको क्षेत्रमा सुधारका लागि प्रयासरत : प्रमुख जिल्ला अधिकारी उपाध्याय
कात्तिक ३, अछाम २०७७
अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले आफुलाई अधिकारले दिए सम्मको क्षेत्रमा सुधारका लागि प्रयासरत रहेको बताउनु भएको छ । आफु अछाम जिल्लामा आएपछि विभिन्न सुधारका कार्यको सुरुवात गरेको भन्दै कर्मचारीलाई जागिर भन्दा सेवा गर्न अभिप्रेरित गरिरहेको बताउनु भएको छ । सोमबार जिल्ला प्रशाशन कार्यालयमा भएको “मीट द प्रेस” मा जिल्लाका सञ्चारकर्मीलाई जिल्ला प्रशाशन कार्यालय मार्फत भएका गतिविधिबारे जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी उपाध्यायले पछिल्लो समय जिल्ला प्रशान कार्यालय मार्फत नागरिकता सचेतना अभियान सञ्चालन भएको, २५ वटा कार्यालयको अनुगमन गरिएको, असोज महिनामा ११ सय ९ वटा नागरिकता जारी गरिएको, सार्वजनिक सेवा प्रवाह सम्बन्धि जिल्लाका १० वटै स्थानीय तहमा छलफल तथा अन्तक्रिया गरिएको जानकारी गराउनु भयो ।
पछिल्लो समय कोरोनाका महामारीका कारण बन्द रहेको राष्ट्रिय परिचय पत्रमा विवरण संकलन गर्ने कार्य पनि खुला गरिइको र भदौ महिनादेखि ४ सय १३ जनाको विवरण संकललन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ ।
हाल जिल्ला कारागारमा कैदीको संख्या बढीरहेको भन्दै ९५ जना कैदी बन्दी रहेको जानकारी गराउँनु भयो । जिल्लामा हाल २४ प्रहरी युनिट रहेको भन्दै उहाँले १४ युनिटमा आफै पुगेर शान्ति सुरक्षा तथा चाँडबाँडको बेला हुने अनावश्यक भीडभाड नियन्त्रणका ललागि निर्देशन दिएको बताउनु भयो ।
सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफु आएपछि ३ सरकारी सवारी सवाधन कारबाही गरिएको बताउनु भयो । जिल्लामा सञ्चालित तर अलपत्र परेका विभिन्न स्वास्थ्य चौकी, अछाम दरबार, मध्येपहाडी लोकमार्ग, विराबगर र चित्रे पुल लगायतका निर्माण व्यवसायी ठेकेदारसंग यही असोज २९ गत अन्तक्रिया गरेको र आफुले निरन्त घच्घचाईरहेको उल्लेख गर्नुभयो ।
आवाज
कार्यक्रममा जिल्लाका सञ्चारकर्मीले जिल्लाका विभिन्न सवालबारे जानकारी गराउँदै सुधारका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । विभिन्न मेडिकल मार्फत लागुऔषध विक्री भैरहेको, वन अतिक्रमण तथा फडानी बढीरहेको, बन्यजन्तुको चोरी शिकारी हुने गरेको, अबैध मदिराको कारोबार बढेको, जुवा तास खेल्ने खेलाउने क्रम बढेको, ढुंगा गिट्टी अबैध निकासी बढेको, बेलखेत गैरीटाँड लगायतका क्षेत्रमा ट्राफिक प्रहरीको आवश्यक्ता भएको, टेलिकम र विद्युत सेवा अनियमित हुने गरेको, बजार अनुगमन नियमित गर्नुपर्ने, राजनीतिक दलले भीडभाँड हुने गरी कार्यक्रम गर्ने गरेको र कोरोनाको संक्रमण बढ्ने जोखिम रहेको लगायतका अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
जवाफमा प्रमुख जिल्ला अधिकारी उपाध्याययले हाल स्थानीय तहबाट आएको नागरिकताका सिफारिसमा विभिन्न त्रुटि हुने गरेकाले सेवाग्राहीले दुःख पाउने गरेको बताउनु भयो । तथ्य र विवरणको आधारमा सिफारिस गर्न नाम थरमा फरक नपार्न र अधिकार भन्दा बाहिरको विषयमा गई सिफारिस नगरिदिन उहाँले आग्रह गर्नुभयो । जिल्ला प्रशाशन कार्यालयको नागरिकता वितरण गर्नु प्रमुख कार्य भएको र यसका लागि आफुहरु सधैँ तत्पर रहेको तर आवश्यक कागजात तयार गरी सिफारिस गरिदिन आग्रह गर्नुभयो । कमलबजारमा अतिक्रमण गरी बनाईएका ४ घर हटाईएको, चाँडबाँडमा सार्वजनिक मन्दिरमा पुजारीले गर्ने नित्य पुजा बाहेक अन्य कुनै कार्य र पशुबली दिन नपाईने गरी सबैलाई जानकारी गराईएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ ।
आवाज
सोही कार्यक्रममा अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्र सिंह थापाले प्रहरी शान्ति सुरक्षाका लागि अहोरात्र खटिरहेको भन्दै ट्राफिक प्रहरीलाई घुम्ति रुपमा परिचालन गर्न सकिने, काठ चोरी निकासीमा थप कडाई गर्ने, बन्यजन्तुको चोरी निकासीमा आफु मातहत सम्पूर्ण प्रहरी चौकीलाई सचेत रहन निर्देशन दिने जुवातास नियन्त्रणमा लाग्ने तथा राजनीतिक दल आफैले भीडभाँड हुने गरी कार्यक्रम गर्न नहुनेमा जोड दिनुभयो । नागरिकले आफुलाई सूचना गरी समाजमा शान्ति सुरक्षाको वातावरण कायम गर्न भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादव, पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्री लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया