Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पर्वत अस्पतालकाे सेवा ठप्प : पाेस्टमार्टम गर्नुपर्ने शव बोकेर बाग्लुङ र म्याग्दी धाउँदै प्रहरी

पर्वत अस्पतालकाे सेवा ठप्प : पाेस्टमार्टम गर्नुपर्ने शव बोकेर बाग्लुङ र म्याग्दी धाउँदै प्रहरी

पर्वत – पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालकाे सेवा ठप्प भएकाे छ । अस्पतालकाे सेवा ठप्प भएपछि पर्वत प्रहरी पोस्टमार्टम गर्नुपर्ने शव बोकेर हिँड्न बाध्य भएकाे छ । 

जिल्ला अस्पताल पर्वतमा कोरोना सङ्क्रमण देखिएसँगै अस्पताल व्यवस्थापन पक्षले अस्पताल क्षेत्र सिल गर्दा शव पाेस्टमार्टम गर्न समस्या भएको हो । 

पर्वत प्रहरीले शुक्रबार छुट्टाछुट्टै ठाँउमा आत्महत्या घटनाका दुई शवकाे छिमेकी जिल्ला बागलुङ र म्याग्दीको बेनी अस्पतालमा लगेर पोस्टमार्टम गरेकाे हाे । 

जिल्ला अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएपछि प्रहरीले पाेस्टमार्टमकाे लागि कुश्मा नगरपालिका १ पाङकी सुस्मिता पौडेलको शव म्याग्दीकाे बेनी अस्पताल र कुश्मा नगरपालिका १३ खौला लाँकुरीकी आशा कुँवरको शव बाग्लुङ लगेको हो । 

अस्पताल बन्द भएपछि प्रहरीलाई अन्य घटनामा संलग्नको  र हिरासतमा राख्नुपर्नेहरुको स्वास्थ्य परीक्षणमा समस्या भएको छ । 

शुक्रबार पर्वत जिल्ला अस्पतालमा कार्यरत दुई जना डाक्टरसहित दुई नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार