Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कांग्रेस अछामद्धारा रामारोशनका बाढी पिडितलाई २७ लाख रकम बितरण

कांग्रेस अछामद्धारा रामारोशनका बाढी पिडितलाई २७ लाख रकम बितरण

नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत रकम आजबाट बितरण गर्न सुरु गरेको छ । बाढीपिडीतहरुका लागी देश बिदेश तथा जिल्लाका बिभिन्न ब्यक्ति, संघ सस्थाबाट संकलन २७ लाख भन्दा बढी रकम बितरण गरिने बताईएको छ ।

सोहि क्रममा मंगलबार एक कार्यक्रमको आयोजना गरी रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारका बाढीपिडितहरुलाई राहत बितरण गरिएको छ । सैनीमा साढे ३ सय क्वईन्टल चामल, ८३ वटा सिलिपिङ्ग ब्याग र ८३ त्रिपाल बितरण गरिएको काग्रेस अछामले जनाएको छ ।

नेपाली काँग्रेस रामारोशन गाउँपालिकाका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वाँर रहनु भएको थियो । कार्यक्रममा बोल्दै सभापतिले नेपाली काँग्रेसले थोरै भएपनी बाढी पिडितहरुको घाउमा मलम लगाउने काम गरेको बताउनु भयो ।

उहाले काग्रेसले राहत संकलनका लागी आफ्नो सम्पुर्ण टिम परिचालन गरेको बताउनु भयो । सभापति स्वारले बाढीपिडितहरुले रामारोशन गाउँपालिकाबाट कुनै पनी राहत पाउन नसक्नु निकै दुखद भएको बताउदैै गाउँपालिका आफै भ्रष्टचारमा लिप्त भएकाले नागरिकको दुख बुझ्न नसकेको बताउनु भयो । उहाले बिपतको बेला आर्थिक सहयोग गर्ने सम्पुर्णलाई समेत धन्यवाद दिनु भएको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि पुर्ब जिल्ला पार्टी सभापति मेघराज खड्का,पुष्प शाह,अतिथिहरुमा महासमिति सदस्य अनुराधा स्वार,बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का,रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल,जिल्ला कार्यसमिति सदस्य मीन बहादुर शाह,मान शादुर साउद,ललित साउद,राम बहादुर कँुवर,क्षेत्रिय सभापति कृष्ण बुढा,नेबीसंघका केन्द्रिय सदस्य चन्द्र बिक,नेबि संघका जिल्ला अध्यक्ष निर्प साउद, राहत संकलन समितिका संयोजक पुष्प बिष्ट,नेबी संघका उमेश कुँवर लगायतका रहनु भएको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका पार्टी सचिब पुर्ण बिकले गर्नु भएका थियो भने स्वागत मन्तब्य राहत संकलन समितिका संयोजक पुष्प बिष्टले राख्नु भएको थियो ।

प्रतिक्रिया