Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कांग्रेस अछामद्धारा रामारोशनका बाढी पिडितलाई २७ लाख रकम बितरण

कांग्रेस अछामद्धारा रामारोशनका बाढी पिडितलाई २७ लाख रकम बितरण

नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत रकम आजबाट बितरण गर्न सुरु गरेको छ । बाढीपिडीतहरुका लागी देश बिदेश तथा जिल्लाका बिभिन्न ब्यक्ति, संघ सस्थाबाट संकलन २७ लाख भन्दा बढी रकम बितरण गरिने बताईएको छ ।

सोहि क्रममा मंगलबार एक कार्यक्रमको आयोजना गरी रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारका बाढीपिडितहरुलाई राहत बितरण गरिएको छ । सैनीमा साढे ३ सय क्वईन्टल चामल, ८३ वटा सिलिपिङ्ग ब्याग र ८३ त्रिपाल बितरण गरिएको काग्रेस अछामले जनाएको छ ।

नेपाली काँग्रेस रामारोशन गाउँपालिकाका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वाँर रहनु भएको थियो । कार्यक्रममा बोल्दै सभापतिले नेपाली काँग्रेसले थोरै भएपनी बाढी पिडितहरुको घाउमा मलम लगाउने काम गरेको बताउनु भयो ।

उहाले काग्रेसले राहत संकलनका लागी आफ्नो सम्पुर्ण टिम परिचालन गरेको बताउनु भयो । सभापति स्वारले बाढीपिडितहरुले रामारोशन गाउँपालिकाबाट कुनै पनी राहत पाउन नसक्नु निकै दुखद भएको बताउदैै गाउँपालिका आफै भ्रष्टचारमा लिप्त भएकाले नागरिकको दुख बुझ्न नसकेको बताउनु भयो । उहाले बिपतको बेला आर्थिक सहयोग गर्ने सम्पुर्णलाई समेत धन्यवाद दिनु भएको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि पुर्ब जिल्ला पार्टी सभापति मेघराज खड्का,पुष्प शाह,अतिथिहरुमा महासमिति सदस्य अनुराधा स्वार,बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का,रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल,जिल्ला कार्यसमिति सदस्य मीन बहादुर शाह,मान शादुर साउद,ललित साउद,राम बहादुर कँुवर,क्षेत्रिय सभापति कृष्ण बुढा,नेबीसंघका केन्द्रिय सदस्य चन्द्र बिक,नेबि संघका जिल्ला अध्यक्ष निर्प साउद, राहत संकलन समितिका संयोजक पुष्प बिष्ट,नेबी संघका उमेश कुँवर लगायतका रहनु भएको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका पार्टी सचिब पुर्ण बिकले गर्नु भएका थियो भने स्वागत मन्तब्य राहत संकलन समितिका संयोजक पुष्प बिष्टले राख्नु भएको थियो ।

प्रतिक्रिया