ताजा अपडेट
दोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण
नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत सुरु गरेको हिजो दोस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ६ भाँटाकाटिया का १४३ परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ५ अल्लेडिका १६३ परिवार लाई राहत सामाग्री वितरण गरिएको थियो भने आज तेस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन का १३० परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ६ पुदुका १४० परिवार लाई राहत वितरण गरिएको राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य अनुराधा स्वाँर, जिल्ला कमिटी सदस्य मान बहादुर साँउद, नेपाली कांग्रेस रामारोशन गाउँपालिका सभापती नन्द राज उपाध्याय नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव पुर्ण बि क ने बि संघ का पुर्व केन्द्रिय सदस्य चन्द्र बि क राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्ट ने बि संघ जिल्ला कमिटी सदस्य दल बहादुर साउँद तरुण दल का रेवाती साउँद र देवेन्द्र साउँद को उपस्थिती रहेको थियो । बाकी रहेका वडामा पनि छिट्टै राहत वितरण गरिने राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले भन्नुभएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया