Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुरक्षाकर्मीले सात महिना अघि घोषित भत्ता दसैंमा पनि पाएनन्

सुरक्षाकर्मीले सात महिना अघि घोषित भत्ता दसैंमा पनि पाएनन्

कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन ।

मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णयको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् ।

दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल गिरेको सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हालसम्म सुरक्षाकर्मीलाई भत्ता बापतको रकम नआएको अनलाइनखबरलाई बताए ।

नेपाली सेना र सशस्त्र प्रहरी बलका कर्मचारीले पनि प्रोत्साहन भत्ता वापतको रकम पाएका छैनन् ।

महामारीका बेला अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भत्ता दिन आनाकानी गरिरहेका बेला सांसदहरुलाई दसैं भत्ता दिइएको थियो । यद्यपि, व्यापक विरोधपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायतले भत्ता नलिने घोषणा गरेका छन् ।

अझ स्मरणीय विषय के छ भने भत्ता दिन आनाकानी गर्ने सरकारले कोरोना उपचार तथा रोकथाम कोषमा ७ दिनको तलब कटौति गरेर जम्मा गर्न दबाब दिएको थियो ।

अर्थ मन्त्रालय भन्छ – स्रोत अभाव

 

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले केही अघि अनलाइनखबरसँग कुरा गर्दै प्रोत्साहन भत्ता किन आएन भन्ने जवाफ आफूसँग नभएको बताएका थिए । तर, अनौपचारिक कुराकानीमा मन्त्रालयका अर्का अधिकारीले भने स्रोत अभावका कारण भत्ता दिन नसकिएको बताएका छन् ।

उनका अनुसार सुरक्षा निकायबाट अपेक्षा गरिएभन्दा धेरै संख्यामा प्रस्ताव आएपछि समस्या भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताउँछन् ।

नेपाल प्रहरीले ५१ हजार बढी सुरक्षाकर्मीका लागि भत्ता माग गर्दै गृहमा पत्राचार गरेको छ भने एक अर्ब ३४ करोड रुपैयाँ माग गरिएको आर्थिक प्रशासन शाखाका एक अधिकृत बताउँछन् । सशस्त्र प्रहरीले असारसम्मका लागि एक अर्ब रकम माग गरेको बताइएको छ ।

नेपाली सेनाले पनि ८ हजारभन्दा बढी अधिकारीका लागि कोरोनासम्बन्धी प्रोत्साहन भत्ता प्रस्ताव गरेको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार जंगीअड्डाले ११ चैतदेखि २६ असारसम्मको प्रस्ताव पेश गरेको छ, जसअनुसार ७३ करोड ४४ लाख ८३ हजार रुपैयाँ सैनिक अधिकारीले पाउनुपर्छ । ‘फ्रन्टलाइनमा खटिएका अधिकृतहरुको हाजिरीका आधारमा विवरण पठाएको सेनाले बताएको छ’, मन्त्रालयका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यही प्रस्ताव हामीले अर्थ मन्त्रालयमा पठाएका छौं ।’

कसलाई कति भत्ता ?

मन्त्रिपरिषद्को निर्णयमा अग्रपंक्तिमा रहेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर संक्रमित, आशंकित र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई समातेर ल्याउने र अस्पतालमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने भनिएको थियो ।

दोस्रो पंक्तिमा रहेर संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता दिने भनिएको थियो ।

लकडाउन र सामाजिक दूरी कायम गर्न खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने भनिएको थियो ।

प्रतिक्रिया