ताजा अपडेट
अछामको ढकारी गाउँपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु
अछाम जिल्लाको ढकारी गाउँपालिका ३ मा गएराति चक्कु प्रहार गरि ढकारी गाउँपालिका ७ रुजका १६ वर्षिया दिपेन्द्र थापाको हत्या गरिएको छ । ढकारी गाउँपालिका १ मा रहेको बाचकोटबाट घरजाने क्रममा ढकारी गाउँपालिका वडा नं.३ को गडिहाल्ने बजार नजिकै मदिरामा लट्ठ परेका ढकारी गाउँपालिका ३ का अन्दाजी ४० देखि ४२ बर्षिया नरेन्द्र बुढा र अन्दाजी २८ देखि ३० वर्षिया नर बहादुर बुढाले घर फर्किदै गरेका दिपेन्द्र थापा लगाएतका ६ जना माथि चक्कु,लाठि प्रहार गरेको ढकारी गाउँपालिका ७ का वडा अध्यक्ष पूर्ण सिंह थापाले बताउनु भयो ।
मृतक दिपेन्द्र थापा संगै ढकारी गाउँपालिका ७ का १४ वर्षिया रुद्र थापा गम्भीर गाइते भएको ढकारी प्रहरी चौकीले बताएको छ । गाइते रुद्र थापालाई जिल्ला अस्पताल मंगलसैन रेफर गरिएको छ । चक्कु प्रहार गर्ने ढकारी गाउँपालिका ३ का नरेन्द्र बुढालाई घरमा सुतिरहेको अवस्थामा बिहान नियन्त्रणमा लिएको र फरार नर बहादुर बुढाको खोजि कार्य भैरहेको ढकारी प्रहरी चौकीका असई राजेन्द्र सिंह महतोले जानकारी दिनु भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया