Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा साढे सात हजार संक्रमित काेराेनामुक्त

सुदूरपश्चिममा साढे सात हजार संक्रमित काेराेनामुक्त

सुदूरपश्चिम प्रदेशमा सात हजार ५४२ संक्रमित कोरोनामुक्त भएका छन्। प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार ७२७ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै डोटीका एक हजार ९५, अछामका एक हजार ७८, कञ्चनपुरका ८९५ जना संक्रमित काेराेना मुक्त भएकाे सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए। उनका अनुसार बझाङका ४६० जना, बाजुराका ४५१, बैतडीका ४३८, डडेल्धुराका ३२९ र दार्चुलाका ७२ जना संक्रमित काेराेनामुक्त भएका छन्। 

सुदूरपश्चिम प्रदेशमा मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या ९ हजार २८६ छ। संक्रमितमध्ये सबैभन्दा बढी कैलालीमा तीन हजार ६००, कञ्चनपुरमा एक हजार १७, डडेल्धुरामा ४१०, डोटीमा एक हजार ५२, बैतडी ४८०, दार्चुला २६१, बाजुरामा ४५९, बझाङमा ६२७ र अछाममा एक हजार १६१ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। संक्रमण पुष्टि भएका २१ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया