Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिममा साढे सात हजार संक्रमित काेराेनामुक्त

सुदूरपश्चिममा साढे सात हजार संक्रमित काेराेनामुक्त

सुदूरपश्चिम प्रदेशमा सात हजार ५४२ संक्रमित कोरोनामुक्त भएका छन्। प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार ७२७ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै डोटीका एक हजार ९५, अछामका एक हजार ७८, कञ्चनपुरका ८९५ जना संक्रमित काेराेना मुक्त भएकाे सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए। उनका अनुसार बझाङका ४६० जना, बाजुराका ४५१, बैतडीका ४३८, डडेल्धुराका ३२९ र दार्चुलाका ७२ जना संक्रमित काेराेनामुक्त भएका छन्। 

सुदूरपश्चिम प्रदेशमा मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या ९ हजार २८६ छ। संक्रमितमध्ये सबैभन्दा बढी कैलालीमा तीन हजार ६००, कञ्चनपुरमा एक हजार १७, डडेल्धुरामा ४१०, डोटीमा एक हजार ५२, बैतडी ४८०, दार्चुला २६१, बाजुरामा ४५९, बझाङमा ६२७ र अछाममा एक हजार १६१ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। संक्रमण पुष्टि भएका २१ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया