Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रामारोशन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिन् उपाध्यक्षले

रामारोशन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिन् उपाध्यक्षले

अछामको रामारोशन गाउँपालिका मा उपाध्यक्षले ताला लगाएकी छिन् ।

रामारोशन गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले गाउँपालिकामा एकाधिकार चलाएको भन्दै उनले ताला लगाएको बताइन् । उनले दिनेश खबरसंग भनिन्, ‘गाउँपालिका सरकार प्रमुखले एकतन्त्रीय शासन व्यवस्था र तानाशाही शैलीमा काम गरे । त्यसैले ताला लगाएकी हुँ । 

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बुधबार विज्ञप्ती नै सार्वजनिक गर्दै ताला लगाएको बताएकी हुन् । उनले तालाबन्दी अनिश्चितकालका लागि लगाएको समेत उल्लेख गरेकी छिन् । गाउँपालिका अध्यक्ष साउँदले योजना छनोट, कार्यसम्पादन तथा कर्मचारी भर्नामा मनोमानी गरेको उनको आरोप छ । तर गाउँपालिकाका अध्यक्ष साउँदले भने ताला लगाएको बारेमा जानकारी नभएको प्रतिक्रिया दिए । 

बाढी पीडितलाई राहत वितरणमा गएको भन्दै उनले भने ताला लगाएको बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । गाउँपालिका उपाध्यक्षले गाउँपालिका नीति र नियम, विधि र विधानमा नचलेको र आफ्नो अधिकारसमेत खोसिएको बताइरहँदा अध्यक्ष साउँदले आफुले गल्ती गरेको भए उपाध्यक्षलाई आफु बिरुद्ध मुद्दा हाल्न चेतावनी समेत दिए । 

गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्र्टीमा पटक–पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको उनले विज्ञप्तिमा दाबी गरेकी छिन् । 
गाउँपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुबै तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत केही दिन पहिले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ