ताजा अपडेट
राष्ट्रपति कार्यालयको ट्वीटर ‘डिएक्टिभ’

राष्ट्रपति कार्यालयले सूचना सम्प्रेषणका लागि सञ्चालनमा ल्याएको ट्वीटर ह्यान्डल ‘शीतलनिवास’ ‘डिएक्टिभ’ गरेको छ ।
उक्त ह्यान्डलमा साइबर हमला भएकाखे आशंकामा डिएक्टिभ गरिएको हो । राष्ट्रपतिका प्रेस तथा सूचनाविज्ञ टीका ढकालका अनुसार केही दिनअघि मात्र ‘भेरिफाई’ भएको एकाउन्टमा समस्या आएपछि त्यसको ‘सेक्युरिटी फिचर’ परीक्षण गर्नका लागि डिएक्टिभ गरिएको हो ।
राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।
— Tika P. Dhakal (@TikaDhakaal) October 28, 2020
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया