ताजा अपडेट
एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ
तनहुँको दमौलीस्थित माछापुच्छरे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् ।
व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ । अभियुक्तविरुद्ध आज तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया