Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडेमी प्रिन्सिपलले माफी मागेकी छन् । उक्त एकेडेमीमा भएको घटना सार्वजनिक भएपछि बिहीबार हरिद्वार–ऋषिकेश र देहरादूनस्थित नेपाली समाजका प्रतिनिधिले गरेको ताकेतापछि एकेडेमी व्यवस्थापनसँगको वार्ता बिहीबार साँझ ६ बजे टुंगिएको थियो ।

‘एकेडेमीका प्रिन्सिपल छिरिङ छोदेनले गत सोमबार भएको विद्यार्थीमाथिको हातपात एवं अमानवीय व्यवहारमाथि क्षमायाचना गर्दै यसमा छानबिन हुने बताउनुभएको छ,’ नेपाली समाजका प्रतिनिधि हरिद्वारका पुष्पराज पाण्डेयले कान्तिपुरसँग भने,‘घर फर्कन चाहने विद्यार्थीको अन्तिम सूची एकेडेमीले तयार गरेर पठाउने र त्यही अनुसार एक साताभित्र विद्यार्थीलाई नेपाल फिर्ता पठाउन प्रबन्ध गरिने भएको छ ।’

नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहार तथा सांघातिक तवरको कुटपिटबारेको खबर सार्वजनिक भएपछि हरिद्वारबाट पाण्डेय, देहरादूनस्थित गोरखा डेमोक्रेटिक संघका सूर्यविक्रम शाही, उत्तराखण्ड सरकारमा गोरखा कल्याण परिषद्का राज्यमन्त्री टीडी भुटिया, उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीसहितका प्रतिनिधि एकेडेमी पुगेका थिए ।

दसैं–तिहारको बिदामा घर फिर्न पाऊँ भनेर ४७ विद्यार्थीले निवेदन दिएपछि उब्जिएको विवादमाझ विद्यार्थीमाथि कुटपिट भएको र यही घटनाका कारण गत मंगलबार ७ जना नेपाली विद्यार्थी एकेडेमीबाट भागिसकेका छन् । ‘मैले घर जान्छु भनेर निवेदन दिएकै थिएन, तैपनि मलाई आवासीय कक्षाको ढोकामा लगेर थप्पड हानियो, ढोकामा टाउको ठोकाउने काम भयो,’ग्रेड ७ मा पढ्ने रुकुम घर भएका एक छात्रले फोनमा भने,‘किन यसो गरिएको हो भन्ने थाहै भएन ।’

एकेडेमीसँग वार्ता गर्न गएको नेपाली टोलीका संयोजक पाण्डेयका अनुसार सोमबार रातिको कुटपिट घटनामा सख्त घाइते भएका ३ जना विद्यार्थीलाई तत्काल अस्पतालमा लगेर उपचार गरिने र अरुको हकमा इच्छाअनुसार घर फिर्ता गर्न प्रबन्ध गरिनेछ । एकेडेमी प्रिन्सिपल छिरिङ छादेनसँग भएको लिखित सहमतिमा विद्यार्थी घर फिर्ता पठाउने क्रममा नेपाली प्रतिनिधि पाण्डेयले सबै विद्यार्थीका अभिभावकसँग सम्पर्क गरेर नेपाल–भारत बोर्डर नाकासम्म पुर्‍याउने प्रबन्ध गर्ने भएका छन् ।

एकेडेमीको व्यवस्थापन एवं खानपिनसहितको प्रबन्धबाट असन्तुष्ट भएर ३ देखि ७ ग्रेडसम्म पढ्ने ४७ विद्यार्थीले घर फिर्नका लागि निवेदन दिएकोमा ७ जना यसअघि एकेडेमीबाट भागिसकेका छन् । बाँकी ४० लाई एक साताभित्र घर पठाइने भएको छ । उनीहरु धादिङ, रसुवा, रुकुम, रोल्पा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखासहितका जिल्लाबाट आएका हुन् ।

घटनाबारे दिल्लीस्थित नेपाली दूतावास जानकार रहेपनि समस्या समाधानमा दिल्लीबाट ५ घण्टाको सडक यात्रामा पुगिने देहरादूनमा दुतावासका कोही पनि प्रतिनिधि पुग्न सकेनन् । दूतावासबाट प्रथम सचिव बाबुराम सिग्देलले फोन सम्पर्कबाट नेपाली समाजका प्रतिनिधिहरुसग कुराकानी गरेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ