ताजा अपडेट
अछाममा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २ जना पक्राउ
अछाममा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय नरेन्द्र बुढा र २७ वर्षीय आईते भनिने नरबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
उनीहरुले १० गते राति ११ बजे सोही गाउँपालिका वडा नम्बर ३ स्थित चौटेखोलामा वडा नम्बर ७ बस्ने १५ वर्षीय देवेन्द्र थापा र १४ वर्षीय रुद्र थापामाथी कुटपिट गर्नुका साथै धारीलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट घाइते भएका देबेन्द्र थापाको उपचारको क्रममा सोही राति जिल्ला अस्पताल अछाममा मृत्यु भएको थियो भने अर्का घाइते रुद्र थापालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज पठाइएको छ ।
उक्त घटनामा संलग्न प्रतिवादी नरेन्द्र बुढालाई ११ गते बिहान सोही गाउँपालिका बाजकोटबाट पक्राउ गरेको र फरार रहेका प्रतिबादी र्आते भनिने नर बहादुर बुढालाई शुक्रबार कमलबजार नगरपालिका–६६ कालापोखराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवैजनामाथि कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्तागरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया