ताजा अपडेट
अछाममा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २ जना पक्राउ
अछाममा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय नरेन्द्र बुढा र २७ वर्षीय आईते भनिने नरबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
उनीहरुले १० गते राति ११ बजे सोही गाउँपालिका वडा नम्बर ३ स्थित चौटेखोलामा वडा नम्बर ७ बस्ने १५ वर्षीय देवेन्द्र थापा र १४ वर्षीय रुद्र थापामाथी कुटपिट गर्नुका साथै धारीलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट घाइते भएका देबेन्द्र थापाको उपचारको क्रममा सोही राति जिल्ला अस्पताल अछाममा मृत्यु भएको थियो भने अर्का घाइते रुद्र थापालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज पठाइएको छ ।
उक्त घटनामा संलग्न प्रतिवादी नरेन्द्र बुढालाई ११ गते बिहान सोही गाउँपालिका बाजकोटबाट पक्राउ गरेको र फरार रहेका प्रतिबादी र्आते भनिने नर बहादुर बुढालाई शुक्रबार कमलबजार नगरपालिका–६६ कालापोखराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवैजनामाथि कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्तागरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया