Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कब्रिस्तानमै बन्देज लगाएपछि मृतकका आफन्त भन्छन् : भोलिसम्म निकास नआए जे पनि हुन सक्छ

कब्रिस्तानमै बन्देज लगाएपछि मृतकका आफन्त भन्छन् : भोलिसम्म निकास नआए जे पनि हुन सक्छ

धनगढी उपमहानगरपालिका १ स्थित कब्रिस्तानमा शव गाड्न रोक लगाइएपछि स्थानीय मुस्लिम समुदायममा पीडामाथि पीडा थपिएको छ । साथै स्थानीय प्रशासन र स्थानीय निकायको रबैयाले उनीहरुलाई आक्रोशित समेत बनाएको छ ।

स्थानीय प्रशासन तथा नेपाली सेनाको टोलीले विहिबार कोरोना संक्रमितको शव कब्रिस्तानमै व्यवस्थापन गरेपछि केही स्थानीयको विरोधले धनगढी उपमहानगरपालिकाको १ नं. वडा कार्यालयले अर्को व्यस्था नहुन्जेलसम्म भन्दै सो कब्रिस्तान नै सील गरेपछि अर्का मृतक परिवार शव गाड्नबाट वञ्चित भएका हुन् । 

शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको हो । तर शव व्यवस्थापन गर्न नदिइएपछि उनीहरु दुखी भएका छन् । भने स्थानीय प्रशासन र स्थानीय निकायको कार्यशैलीबाट आक्रोशित भएका छन् ।

धनगढी उपमहानगरपालिका १ पशुपति टोलस्थित नेपाली नुरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिन भन्छन्,‘शव व्यवस्थापनको लागि हामी विहानैदेखि जिल्ला प्रशासन संग अनुनय विनय गर्दै आएका छौ । हामीलाई दिनभरि आश्वासन मात्रै दिइयो । उता शव घरमै छ । यदि भोलि (शनिबार) १२ बजेसम्म शव व्यवस्थापनको निकास आएन भने जे पनि गर्न तयार हुनेछौ ।’

आफुहरुको धार्मिक मूल्य मान्यतालाई स्थानीय निकाय र स्थानीय प्रशासनले वेवास्ता गरेको बताउँदै उनले लासमाथि राजनीति भैरहेको भन्दै आक्रोश पोखे ।

प्रतिक्रिया