Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

बिचौलियाको कब्जामा यातायात कार्यालय : पाँच सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो

बिचौलियाको कब्जामा यातायात कार्यालय : पाँच सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो

यातायात व्यवस्था कार्यालय जनकपुरमा रहेको स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) कर्मचारीले बिचौलियासँग सेटिङ्ग मिलाएर धान खेतमा पु¥याएको रहस्य सार्वजनिक भएको छ । यातायात व्यवस्था विभागबाट जारी गरिएको स्मार्ट लाइसेन्स कार्यालय नजिककैको धान खेतमा भेटिएपछि कर्मचारीको गोरख धन्दाको पर्दाफास भएको हो । 

धान काट्न खेत पुगेका स्थानीयले खेतमा लाइसेन्स फेला पारेका थिए । उनीहरुले लाइसेन्स संकलन गरेर कार्यालयलाई जिम्मा लगाएका छन् ।

जनकपुरको यातायात कार्यालय दलालको कब्जामा छ । प्रदेश सरकार मातहतमा रहेको कार्यालयमा सरुवा भएर आउने कर्मचारीले नेतालाई रकम बुझाएर आउने गर्छ । बिचौलीसँग कर्मचारीले सेटिङ मिलाएर एउटा लाइसेन्स कम्तिमा २० हजार रुपैयाँ लिएर  बिक्री गर्ने गरेका छन् । 

‘कर्मचारीको स्वाःर्थका कारण सेवाग्राहीको लाइसेन्स धान खेतमा पुग्यो,’ श्रोतले भन्यो,‘ यातायात  विभागले स्मार्ट लाइसेन्स प्रिन्ट गरेर पठाउँछ । तर, कार्यालय पुग्ने सेवाग्राहीको हातमा त्यो लाइसेन्स बर्सौंसम्म पुग्दैंन ।’ कर्मचारीले बिचौलियासँग मिलेर लाइसेन्स लुकाएर दाम कमाउने गरेको श्रोतले बतायो ।

कमिसन खान पल्केका कर्मचारीले कार्यालयमा विचौलीयालाई सिधा प्रवेश गराउने गरेका छन् । ‘जनकपुरको यातायात कार्यालय विचौलियाले चलाउँछन्,’ एक कर्मचारीले भने,‘कर्मचारीले नै बिचौलिया परिचालन गरेको छ । कर्मचारीले सेवाग्राहीलाई लाइसेन्स दिदैंन । बिचौलिया मार्फत लुकाएर राख्छन् । बाध्य भएर सेवाग्राही  दलालको सहारामा पुग्छन् । अनि दलालले सेवाग्रहीसंग रकम लिएर लाइसेन्स जस्ता सेवा दिएर आफ्नै कोठाबाट यातायात कार्यालय संचालन गर्छ ।’

दिनभरी उठेको कमिसन साँझ भएपछि कर्मचारी र बिचौलिया मिलेर बाँड्छन् ।‘बैमान कर्मचारीको हर्ककै परिणाम हो कार्यालयमा हुनु पर्ने लाइसेन्स धान खेतमा भेटिनु,’ उनले भने । 

धान खेतमा लाइसेन्स भेटिएपछि  घटना छानविनका लागि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश-२ ले टोली गठन गर्न लागेको छ ।

‘धान खेतमा लाइसेन्स भेटिनु चिन्ताको बिषय हो,’भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले अन्नपूर्ण पोस्ट्संग भने,‘जति सुकै ठूलो मान्छे यसमा सहभागि भएपनि कारवाही गछौं ।’

यातायात कार्यालय जनकपुर बिचौलियाले चलाइरहेको छ नि ? अन्नपूर्णको प्रश्नमा मन्त्री सोनलले भने,‘ पहिला छानविन त गर्नु दिनुस् । कार्यालयमा हुने अनियमिततामाथि मन्त्रालयले नजर राखेको छ । 

कर्मचारीको गैर जिम्मेवारीले कार्यालयमा भद्रगोलताको  स्थिती सिर्जना भयो । अनियमितता गर्ने कर्मचारीलाई छानविन गरेर कारवाही गर्छौं । कार्यालयलाई चुस्तदुरुत बनाउँछौं ।’

प्रतिक्रिया