Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेविसंघका नेता पक्राउ परेपछि अत्तरियामा प्रदर्शन

नेविसंघका नेता पक्राउ परेपछि अत्तरियामा प्रदर्शन

नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले पक्राउ गरेपछि कैलालीको अत्तरियामा प्रदर्शन भएको छ । 

नेविसंघ शंकरदेव क्यम्पसका नेता दिपक ओझालाई प्रहरीले बिनाकारण अपहरण शैलीमा पक्राउ परेको भन्दै कार्यकर्ताहरुले अत्तरियामा प्रदर्शन गरेका हुन् । अत्तरियाबाट पक्राउ परेका ओझालाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । 
नेविसंघ क्षेत्र नम्बर ४ को आयोजनामा उनीहरुले बिरोध प्रदर्शन गर्दै निशर्त रिहाईको माग गरेका छन् । बिरोध कार्यक्रममा सहभागिहरुले सरकार र प्रहरी बिरुद्ध नाराबाजीसहित पर्दशन गरेका थिए । 

उनीहरुले अत्तरिया बजारबाट र्याली निकाल्दै ईलाका प्रहरी कार्यालय मालाखेती कार्यालयको अगाडी गएर कोण सभामा गरेका थिए । 

कोण सभालाई नेविसंघ क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति गणेश शाह, तरुण दल गोदावरी नगर समितिका सभापति शंकर खड्का, युवा नेता पदमराज ओझा, प्रेमराज भट्ट, जगतराम महरा, देवराज ओझा लगाएतले सम्बोधन गरेका थिए । ओझाको रिहाई नगरेसम्म आन्दोलन जारी रहने नेविसंघ क्षेत्र नम्बर ४ का सभापती गणेश शाहले बताए ।

ओझालाई प्रहरीले बुधबार कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिएको थियो । त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उपप्राध्यापक चलाउनेमाथि गत असोज २० गते त्रिवि परिसरभित्रै कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया