Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेविसंघका नेता पक्राउ परेपछि अत्तरियामा प्रदर्शन

नेविसंघका नेता पक्राउ परेपछि अत्तरियामा प्रदर्शन

नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले पक्राउ गरेपछि कैलालीको अत्तरियामा प्रदर्शन भएको छ । 

नेविसंघ शंकरदेव क्यम्पसका नेता दिपक ओझालाई प्रहरीले बिनाकारण अपहरण शैलीमा पक्राउ परेको भन्दै कार्यकर्ताहरुले अत्तरियामा प्रदर्शन गरेका हुन् । अत्तरियाबाट पक्राउ परेका ओझालाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । 
नेविसंघ क्षेत्र नम्बर ४ को आयोजनामा उनीहरुले बिरोध प्रदर्शन गर्दै निशर्त रिहाईको माग गरेका छन् । बिरोध कार्यक्रममा सहभागिहरुले सरकार र प्रहरी बिरुद्ध नाराबाजीसहित पर्दशन गरेका थिए । 

उनीहरुले अत्तरिया बजारबाट र्याली निकाल्दै ईलाका प्रहरी कार्यालय मालाखेती कार्यालयको अगाडी गएर कोण सभामा गरेका थिए । 

कोण सभालाई नेविसंघ क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति गणेश शाह, तरुण दल गोदावरी नगर समितिका सभापति शंकर खड्का, युवा नेता पदमराज ओझा, प्रेमराज भट्ट, जगतराम महरा, देवराज ओझा लगाएतले सम्बोधन गरेका थिए । ओझाको रिहाई नगरेसम्म आन्दोलन जारी रहने नेविसंघ क्षेत्र नम्बर ४ का सभापती गणेश शाहले बताए ।

ओझालाई प्रहरीले बुधबार कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिएको थियो । त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उपप्राध्यापक चलाउनेमाथि गत असोज २० गते त्रिवि परिसरभित्रै कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया