Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

दलित महिला सँघद्धारा बान्नीगढी र मंगलसेनका ८ वडा गरि ३ सय परिवारलाई राहत वितरण

दलित महिला सँघद्धारा बान्नीगढी र मंगलसेनका ८ वडा गरि ३ सय परिवारलाई राहत वितरण

कमल रावल, कात्तिक १६ अछाम

मँगलसेन नगरपालिका वडा नम्बर ५ मा राहत वितरण गरिएको छ । वडा नम्बर ५ का ९२ घरपरिवारलाई खादान्न सहित स्वास्थ्य र सरसफाईका सामाग्री राहत स्वरुप बितरण गरिएको हो । दलित महिला सँघ अछामद्धारा संन्चालित सीमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कोभिड १९ अन्तरगत प्रति परिवार २५ केजिको १ कट्टा चामल, दाल ४ केजि, २ केजि चना, तेल ३ लिटर, चिनि १ केजि, नुन १ केजि, हात र नुहाउने गरि ६ पिस साबुन, सेनेटरी प्याड १ र १० पिस सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

वडामा दलित समुदायमा गठित २ समुहका पदाधिकारी तथा सदस्य र विपन्न, मजदुर, वादि परिवार, अपागँ लगाएतलाई राहत वितरण गरिएको छ । राहत वितरण गर्दै मंगलसेन नगरपालीकाका उपप्रमुख सरिता उपाध्यायले बास्तविक वर्गले राहत पाएकोमा खुशि ब्यक्त गर्नु भयो । आगामी दिनमा समेत राहतका कार्यक्रम संस्था र स्थानिय सरकारको सहयोगमा निरन्तर जारी रहने बताउनु भयो । नगरका अन्य वडामा समेत चाडपर्वको बेलामा अभाब रहेका नागरिकलाई राहत बाडेर स्रहानिय कार्य गरेको भन्दै प्रसँशा गर्नु भयो । दलित महिला सँघ अछामका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख सरिता उपाध्याय रहनु भएको थियो भने अन्य अतिथीमा मंगलसेन नगरपालीका वडा नम्बर ५ का वडा सदस्य नृप खडका, रेडियो रामारोशनका सहायक स्टेशन म्यानेजर कमल रावल लगाएतको सहभागिता रहेको थियो ।

दलित महिला सँघ अछामले कार्य क्षेत्रका वडामा वितरण गर्ने पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको परियोजना सँयोजक लक्ष्मी सोबले बताउनु भयो । यस अभियानमा कार्यक्षेत्र बान्नीगढी जयगढ गाउपालीका वडा नम्बर १,५ र ६ तथा मंगलसेन नगरपालीकाका वडा नम्बर ३,४,५,८ र ९मा राहत वितरण गरिएको सोबले बताउनु भयो । अभियानमा बान्नीगढी जयगढ गाउपालीका र मंगलसेन नगरपालीकाका ८ वडा गरि ३ सय घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिनु भयो । समुदाय स्तरमै बाडिएको राहत वितरण अभियान पहिलो चरणमा सफल भएकाले सहयोग गर्ने जनप्रतिनीधी, सरोकारवाला, संञ्चारकर्मि लगाएतलाई अध्यक्ष सरस्वती नेपाली धन्यवाद ज्ञापन गर्नु भएको छ । आगामी दिनमा समेत अभियान विभिन्न चरणमा रहेर जारी रहने बताउनु भयो ।

प्रतिक्रिया