ताजा अपडेट
कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमबहादुर बुढाको उपचार खर्च स्वरुप नेपाली कांग्रेस रामारोशनले १० हजार रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रस्त बुढाको स्वास्थ अवस्था बुझ्न नेपाली कांग्रेस रामारोशन उहाँको घरमै गएर स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक ले बताउनु भएको छ। युद्ध कालमा देखि नै पाटी संगठन तथा समाजका लागि उहाँले गर्नु भएको योगदानको कांग्रेस रामारोशनले सम्मान गर्दै उहाँ उपचारका लागि सक्दो सहयोग गर्ने वचन बद्दता समेत दिएको छ।
भेटघाट कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य केश बहादुर बटाला ,मान बहादुर साउद पाटी रामारोशन गाउँ पालिका सभापति नन्दराज उपाध्यक्ष सचिव पुर्ण बहादुर विक नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक ,काली बुढा कांग्रेस युवा नेता पुष्प बिष्ट शिक्षक संघ का पदमराज न्यौपाने लगायतको सहभागिता रहेको थियो । भेटघाटको क्रममा उहाँको परिवारलाई यस्तो समस्या सबैलाई आउने र यसबाट नआतिन समेत कांग्रेसले अनुरोध गरेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित
-
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी
-
सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती
-
विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै
-
बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट
प्रतिक्रिया