Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

पार्किङ्ग रित्तै, ६ लेनमै धनगढीका ट्यांकर चालकहरुको रजाई कायमै !

पार्किङ्ग रित्तै, ६ लेनमै धनगढीका ट्यांकर चालकहरुको रजाई कायमै !

धनगढी : लामो समयदेखि धनगढीको मुख्य ६ लेन सडकमै हुँदै आएको ट्यांकर पार्किङ्ग हट्न सकेको छैन । 

नेपाल आयल निगम धनगढीले अलग्गै ट्यांकर पार्किड्ड स्थल बनाएपनि हालसम्म सडकमै पार्किङ्ग हुँदै आएको हो । जसमा ट्राफिक प्रहरी र आयल निगम धनगढी ट्यांकर व्यवस्थापनमा असफल हुँदै आएको छ । अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर सडकमै पार्किङ्गले दुर्घटनाको जोखिम यथावतै रहेको हो ।

गत असोज २७ गते सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतमले दिनेश खबरलाई ३ दिनभित्रै व्यवस्थापन गर्ने प्रतिवद्धता जाएका थिए । तर उनको सो प्रतिबद्धता हाल झुठो सावित भएको छ । भने, आयल निगम निरीह देखिएको हो । सडक कब्जा हुने गरी राखिएका ट्याङकरले अस्तव्यस्तता उत्तिकै बढाएको हो ।

अब भने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक गौतमले स्थानीयका विरोधले व्यवस्थापन गर्न नसकेको बताउँन थालेका छन् ।

नेपाल आयल निगमले धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ । गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएको छ । तर ट्यांकर व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरगता दिदै आएका हुन् ।

ट्यांकर व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष मनिराम पाण्डेयले आयल निगमले बनाएको पार्किङ्ग स्थलमा स्थानीय अवरोध गरेपछि पार्किङ्ग गर्न नसकेको बताए ।

यता साउनदेखि भाडा तिर्दै आएको आयल निगमले समेत ट्राफिक प्रहरी र ट्यांकर व्यवसायीकै भाषा बोल्ने गरेको छ । नेपाल आयल निगम धनगढीका प्रमुख जीतरन्जन दास भन्छन् ‘पार्किड्ढ त बनायौ, तर स्थानीय आफुहरुको सहमति बेगर ट्यांकर पार्किङ्ग स्थल बनाएको भन्दै स्थानीयले अवरोध गरेपछि बनाइएको पार्किङ्ग स्थल खाली छ ।’

स्थानीयले अवरोध गरेपनि निगमले सोही जग्गाको विगत ४ महिनादेखि मासिक २० हजारका दरले भाडा तिर्दै आएको छ । तर निकास खोज्ने तर्फ भने उदासिनता देखाएको हो ।

प्रतिक्रिया