Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पार्किङ्ग रित्तै, ६ लेनमै धनगढीका ट्यांकर चालकहरुको रजाई कायमै !

पार्किङ्ग रित्तै, ६ लेनमै धनगढीका ट्यांकर चालकहरुको रजाई कायमै !

धनगढी : लामो समयदेखि धनगढीको मुख्य ६ लेन सडकमै हुँदै आएको ट्यांकर पार्किङ्ग हट्न सकेको छैन । 

नेपाल आयल निगम धनगढीले अलग्गै ट्यांकर पार्किड्ड स्थल बनाएपनि हालसम्म सडकमै पार्किङ्ग हुँदै आएको हो । जसमा ट्राफिक प्रहरी र आयल निगम धनगढी ट्यांकर व्यवस्थापनमा असफल हुँदै आएको छ । अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर सडकमै पार्किङ्गले दुर्घटनाको जोखिम यथावतै रहेको हो ।

गत असोज २७ गते सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतमले दिनेश खबरलाई ३ दिनभित्रै व्यवस्थापन गर्ने प्रतिवद्धता जाएका थिए । तर उनको सो प्रतिबद्धता हाल झुठो सावित भएको छ । भने, आयल निगम निरीह देखिएको हो । सडक कब्जा हुने गरी राखिएका ट्याङकरले अस्तव्यस्तता उत्तिकै बढाएको हो ।

अब भने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक गौतमले स्थानीयका विरोधले व्यवस्थापन गर्न नसकेको बताउँन थालेका छन् ।

नेपाल आयल निगमले धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ । गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएको छ । तर ट्यांकर व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरगता दिदै आएका हुन् ।

ट्यांकर व्यवसायी संघ सुदूरपश्चिमका अध्यक्ष मनिराम पाण्डेयले आयल निगमले बनाएको पार्किङ्ग स्थलमा स्थानीय अवरोध गरेपछि पार्किङ्ग गर्न नसकेको बताए ।

यता साउनदेखि भाडा तिर्दै आएको आयल निगमले समेत ट्राफिक प्रहरी र ट्यांकर व्यवसायीकै भाषा बोल्ने गरेको छ । नेपाल आयल निगम धनगढीका प्रमुख जीतरन्जन दास भन्छन् ‘पार्किड्ढ त बनायौ, तर स्थानीय आफुहरुको सहमति बेगर ट्यांकर पार्किङ्ग स्थल बनाएको भन्दै स्थानीयले अवरोध गरेपछि बनाइएको पार्किङ्ग स्थल खाली छ ।’

स्थानीयले अवरोध गरेपनि निगमले सोही जग्गाको विगत ४ महिनादेखि मासिक २० हजारका दरले भाडा तिर्दै आएको छ । तर निकास खोज्ने तर्फ भने उदासिनता देखाएको हो ।

प्रतिक्रिया