Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

चौरपाटी गाउँपालिकाले चामल संग कोदो साट्न र भट्ट खरिदका लागि कर्मचारी परिचालन गर्ने

चौरपाटी गाउँपालिकाले चामल संग कोदो साट्न र भट्ट खरिदका लागि कर्मचारी परिचालन गर्ने

चौरपाटी गाउँपालिका कार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको बैठकमा मंसिर १ गते देखि १५ गते सम्म चामल संग फलेको कोदो साट्ने कार्यक्रम र भट्ट खरिदका लागि कर्मचारी जनप्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ ।

किसानले उत्पादन गरेको भटमास कोदो गाउँपालिकाले तोकेको केन्द्र र सम्बन्धित वडामा किसानले मंसिर १५ गते भित्र बिक्रि गर्न सक्ने भएका छन । किसानलाई कृषि उत्पदनमा प्रोत्साहन गर्ने उदेश्यले गाउँपालिकाले भट्मास खरिद गरि ब्यापारीलाइ बिक्री गरिने प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशमा चौरपाटी गाउँपालिकाले किसानलाइ प्रत्यक्ष राहत पुगाउनका लागि कोदो भटमासको समर्थन मूल्य तोकि अगाडि बडाउने पहिलो गाउँपालिका भएको उपाध्यक्ष माया कुवरले बताईन ।

गाउँपालिकाको वडा नम्बर ४ पायलमा रहेको बुढिगंगा नदि र वडा नम्बर २ सोकटमा रहेको सेती नदि बाट गिट्टी बालुवा र ढुगा निकासी अर्को सूचना नहुदा सम्म रोक्ने निर्णय समेत गरिएको बताईएको छ ।

प्रतिक्रिया