Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रवि लामिछानेको कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही गर्न आयुर्वेद चिकित्सक संघको माग

रवि लामिछानेको कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही गर्न आयुर्वेद चिकित्सक संघको माग

 न्युज २४ च्यानलमा रवि लामिछानेको कार्यक्रममा प्रसारित आयुर्वेद चिकित्सक बताउने बि।पी। तिमल्सिनाका दाबी भ्रामक रहेको भन्दै छानविन गरी कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरेको छ।

तिमिल्सिनाद्वारा व्यक्त गरिएका विचारहरु तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी निर्देशन र सूचनाहरु तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्दान्त विपरित भएको संघले जनाएको छ। जुन  दण्डनीय अपराध भएको, जनस्वास्थ्यमा गम्भीर खेलवाड र सरकारका प्रयासहरुलाई दुरुत्साहन गर्ने प्रकृतिका भएको संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले बताएका छन्।

संघले विज्ञप्ति जारी गर्दै भनेको छ, त्यसमा व्यक्त गरिएका विचारहरु पूर्ण रुपमा आयुर्वेदको सिद्धान्तविपरीत रहेका छन्। आयुर्वेद चिकित्सासम्बन्धी भ्रम फैलाउने, आयुर्वेदको सिद्धान्त विपरितका जडिबुटी र विधि सिफारिस गर्दा सर्व साधारणमा भ्रम पैदा भएर रोगको जोखिम बढाइएको छ। बिरामीलाई उपचार गर्दा एक प्रकारका जडिबुटीबाट गर्ने र सञ्चार माध्यमहरुबाट अर्कै जडिबुटीको नाम लिएर भ्रामक अभिव्यक्ति सार्वजनिक गररिएको छ।

संघले न्युज २४ च्यानल र बि.पी. तिमल्सिनामाथि छानबिन गरी सत्य तथ्य ल्याउन नेपाल सरकार तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ।  त्यसमा व्यक्त गरिएका जडिबुटीहरुले कोरोना निको पार्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुनै आधार प्रमाण नभएको समेत प्रष्ट पारेको छ।

भनिएको छ, सर्वसाधारणलाई यस्ता भ्रममा पारी स्वास्थ्य जोखिम ननिम्त्याउन समेत आह्वान गर्दछौं। सम्बन्धित निकायका पदाधिकारीहरुलाई समेत यस्ता भ्रम छर्दै हिँड्दा पनि मुकदर्शक भएर हेरेर नबस्न यस संघ सचेत गराउन चाहन्छौं।

प्रतिक्रिया