ताजा अपडेट
नविनको उपचारमा धनगढी ग्यालरीद्धारा १२ हजार दुई सय रुपैया सहयोग
बाजुराको बुढीगंगा नगरपालिका–१, कुडीका १० वर्षीय नविन चदाराको भाँचिएको खुट्टाको शल्यक्रियाका लागि धनगढी ग्यालरीले १२ हजार दुई सय रुपैया सहयोग गरेको छ ।
सृजनशील युवाहरुको समूह धनगढी ग्यालरीका तर्फबाट संकलित १२ हजार दुई सय रुपैया चक्र खडायतले आईतवार नविन चदाराकी आमा पाउनीलाई हस्तान्तरण गरे ।
धनगढी ग्यालरीका खडायतका अनुसार नविनको उपचारका लागि नखुलाउने गरी बिभिन्न व्यक्तिले अत्तरीयाबाट दुई हजार पाँच सय, धनगढीबाट एक हजार रुपैया, पाँच सय ५५ रुपैया, कोरियाबाट महेन्द्र ठकुल्लाले दुई हजार रुपैया, राम शाहीले एक हजार पाँच सय रुपैया र एडुपलले दुई हजार रुपैया सहयोग गरेको बताए ।
खडायतले आर्थिक अभावमा नविनको उपचारमा कठिनाईमा भईरहेको जानकारी पाएपछि स्वस्र्फुत रुपमा सबैले सहयोग गरेको बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया