Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

‘निःशुल्क कोरोना परीक्षण’ मुख्यमन्त्री भट्टको भाषण, २ हजार तिर्छन् सर्वसाधारण !

‘निःशुल्क कोरोना परीक्षण’ मुख्यमन्त्री भट्टको भाषण, २ हजार तिर्छन् सर्वसाधारण !

सोमबार विहान साढे ११ बजे स्वास्थ्य कार्यालय कैलालीको स्वाब संकलन केन्द्रमा पुग्दा कोरोना परीक्षण गर्ने सार्वसाधारणको लाइन थियो । 

सोही लाइनमा भेटिए कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का स्थानीय सुरेश डंगौरा । कोरोना प्रभावकै कारण रोजगारी गुमेपछि घरमै बसेका डगौरा फेरि काम खोज्नकै लागि पीसीआर परीक्षण गराउन आएको बताउँछन् ।

‘कोरोना परीक्षणको शुल्क नलाग्ने सुनेको थिए,’ उनले भने ‘स्वाब संकलनका लागि धनगढी पुगेपछि भने २ हजार तिर्न बाध्य भए ।’

स्वाब संकलनको लागि लाइनमा लागेका डंगौराको हातमा २ हजार रपैयाँ तिरेको रसिद पनि देख्न सकिन्थ्यो । 

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का स्थानीय कमलराज जोशीलाई समेत स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अगाडी अस्पताल भर्ना गरिएको थियो । दार्चुलामा उपचार सम्भव नभएपछि उनलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा रेफर गरियो । जोशीलाई अक्सिजनको आवश्यकता परेकाले आइतबार राति नै धनगढीकै माया मेट्रो अस्पतालमा लगिएको उनका दाजु कृष्णराज जोशीले बताए ।

‘कोरोना परीक्षण गर्न सेती प्रादेशिक अस्पताल पुगेका छौं,’ उनले भने, ‘हामीले निःशुल्क परीक्षण हुन्छ भनेर सुनेका थियौं तर २ हजार तिर्नु प¥यो ।’

प्रदेशका विभिन्न अस्पतालहरु भने स्वेच्छिक रुपमा कोरोना परीक्षण गर्नेहरुले मात्र शुल्क तिर्ने गरेको दावी गरेका छन् । तर अस्पतालमै भर्ना भएका विरामीहरुले भने शुल्क तिरेर नै कोरोना परीक्षण गर्दै आएका छन् । प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको हकमा समेत निःशुल्क भन्दा सशुल्क कोरोना परीक्षण गर्नेहरुको संख्या बढी छ । 

सोमबार सेती प्रादेशिक अस्पतालको टिकट काउन्टरमा पुग्दा कोरोना परीक्षण गर्नका लागि जम्मा ३६ जनाले रसिद काटाएका थिए । जसमा २२ जनाले शुल्क तिरेको देखियो । 

‘कोरोनाको लक्षण देखिकाहरुले परीक्षण गर्दा शुल्क तिर्नु पर्दैन,’ सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले भने, ‘स्वेच्छिक परीक्षण गर्नेहरुले भने शुल्क तिर्दै आएका छन् ।’

संघीय सरकारले कार्तिक २ गते कोरोना परीक्षण तथा उपचारमा शुल्क लिने निर्णय सार्वजनिक गरेको थियो । आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । 

तर अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो ।

लगत्तै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कोरोना परीक्षणको शुल्क नलाग्ने घोषणा गरेका थिए । औपचारिक कार्यक्रममै उनले कोरोना परीक्षण निःशुल्क हुने घोषणा गर्दै हिडे । तर हाल मुख्यमन्त्री भट्टको सो घोषणा भाषणमै सीमित भएको हो ।

यस विषयमा मुख्यमन्त्री भट्ट संग कुरा गर्न खोज्दा उनी कुरा गर्न चाहेनन् । तर उनका स्वकीय सचिव शिव सिंह ओलीले भने, ‘सरकारी अस्पतालले कोरोना परीक्षण गर्दा शुल्क लिएको छ र काही ? अरु रोगको कारणले अस्पताल भर्ना भएकाहरुको कोरोना परीक्षण गर्दा शुल्क लिएको हो भने त्यो बेग्लै हो ।’ 

प्रतिक्रिया