Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कञ्चनपुरमा करिब २ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुरमा करिब २ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीले करिब २ लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । 

आइतबार साझ जिल्लाको भिमदत्त नगरपालिका–१२ ऐरीस्थित भन्सार छलेर ल्याइएको ५ हजार ७ सय ६० बराबरको ५ पेटी सलाई,  ४ हजार ८ सय बराबरको ५० प्याकेट मिठा सुपरीगरी १० हजार ५ सय ६० बराबरको सामान बरामद गएिको प्रहरीले जनाएको छ । 

यसैगरी आइतबार राति बेलौरी नगरपालिका–८ पचुंईबाट १ लाख ५ बराबरको ७९ कट्ठा डिएपी मल, ३३ हजार बराबरको ४२ कट्ठा युरीया मल र ११ हजार बराबरको ११ कट्ठा सुपर मल गरी १ लाख ४४ हजार ६ सय ५ बराबरको मल बरामद गरिएको छ । 

यस्तै बेलडाडी गाँउपालिका–२ खल्लामा खुर्सानी, तुलसी, तेल, त्रिशुल सुर्ति, पापड, बिडी गरी २४ हजार १० बराबरको सामान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । 

३ वटै स्थानबाट १ लाख ७९ हजार १ सय ७५ बराबरको अवैध सरसामान बरामद गरी सम्बधित भन्सार कार्यालयमा पठाइएको उनले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ