ताजा अपडेट
कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
कैलालीमा सडक दुर्घटनामा गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका १ स्थित घोडाघोडी ताल अगाडी भएको सवारी दुर्घटना गम्भिर घाइते भएका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो ।
से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार सुखडका सुरेश लामिछाने गम्भिर घाइते भएका थिए ।
उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया