ताजा अपडेट
अछाममा आज थप ६ जनामा कोरोना पुष्टी,
अछाममा आज थप ६ जनामा कोरोना पुष्टी भएको छ । स्वाथ्य कार्यालय अछामका अनुसार आज बान्नीगढी जयगढ,रामारोशन गाउँपालिका र मंगलेसन नगरपालिकाका ६ जनामा कारोना पुुष्टी भएको हो ।
बान्नीगढीमा ३५,२०,१८ वर्षका पुरुष,रामारोशनका २० र ३० वर्षिया पुरुष र मंगलसेनका ३१ वर्षकी महिलामा कोरोना पुष्टी भएको स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।
जिल्लामा हालसम्म ५७ जनामा कोरोना पुष्टी भएको छ भने ७ जना निको भएका घर फर्किएका छन् । संक्रमीत सबैलाई सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा आईसोलेशन निमार्ण गरी राखिएको जोशीले बताउनु भयो ।
जिल्ला अस्पताल १७ र बयलपाटा अस्पतालमा १३ वटा मात्र आईसोलेशन रहेको छ । अस्पतालमा आईसोलेशन अभावका कारण सम्बन्धीत पालिकालाई क्वारेन्टाइनमा आईसोलेशन बनाउन पत्राचार गरिएको स्वास्थ कार्यालय अछामले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया