Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ट्रम्पलाई फेसबुक र ट्वीटरको चेतावनी

ट्रम्पलाई फेसबुक र ट्वीटरको चेतावनी

एजेन्सी । अमेरिकी संचार माध्यम फक्स न्युजले एरिजोनामा बाइडेनले जित हात पारेको भन्ने घोषणा गर्नेबित्तिकै राष्ट्रपति ट्रम्पले, डेमोक्रेट्सहरुलाई चुनावमा धाँधली गरेको र मत चोरेको भन्ने आधारहिन दाबी गरेका हुन् । यससँगै फेसबुक र ट्वीटरले उनको पोस्टलाई चेतावनी दिँदै लेबल लगाइदिएका छन् । 

उक्त पोस्टमा ट्रम्पले निर्वाचनको आधिकारिक नतिजा नआउँदै आफूले जितिसकेको भन्ने समेत दाबी गरेका छन् । अमेरिकी समय अनुसार मंगलबार राति ट्रम्पले आफूले ‘ठूलो जित हात पारेको’ घोषणा गरेका थिए र यसबारे आफूले सम्बोधन गर्ने समेत जनाएका हुन् । 

स्तोमा फेसबुक र ट्वीटरले उनका पोस्टमा लगाइदिएको चेतावनीपूर्ण लेबलमा चुनावको गणना अझै नसकिएकाले राष्ट्रपतिको दौडामा विजयी घोषित भइसकेको छैन भनेर व्याख्या गरिएको छ । सो लेबलमा एउटा लिङ्क पनि जोडिदिइएको छ जसले प्रयोगकर्तालाई ‘भोटिङ इन्फरमेसन सेन्टर’ को पेजमा पुर्याउनेछ । यस मार्फत प्रयोगकर्ताहरुले निर्वाचन सम्बन्धी सहि जानकारी प्राप्त गर्न सक्नेछन् । 

ट्रम्पले फेसबुक र ट्वीटर दुवै संजालमा त्यस किसिमका गलत दाबी गरेका हुन् । ट्वीटरको लेबलमा उनले लेखेको कुरा गलत र विवादास्पद भएको भनेर चेतावनी दिइएको छ । ट्वीटरका प्रवक्ताले यसबारे भनेका छन्, “यो हाम्रो नितीको विपरित कार्य हो त्यसैले हामीले त्यसमा चेतावनी दिनुका साथै सो ट्वीटमा अन्य प्रयोगकर्तालाई संलग्न हुनमा पनि कडाइ गरिदिनेछौँ ।” फेसबुकले भने हाल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । ट्वीटरले यसअघि पनि धेरैपटक ट्रम्पका विवादास्पद पोस्टहरुमा लेबल लगाइसकेको छ तर फेसबुकका लागि यो पहिलोपटक हो । 

ट्वीटरले राखिदिएको लेबलमा चाहिँ एउटा ‘एक्सक्लामेसन पोइन्ट’ पनि रहेको छ जसमा ‘क्लिक’ गर्दा प्रयोगकर्ताहरुले चुनावबारे स्पष्ट जानकारी पाउन सक्नेछन् र ट्रम्पले भनेका कुरा सत्य होइनन् भन्ने थाहा पाउन सक्नेछन् । हफपोस्ट 

प्रतिक्रिया