Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

ट्रम्पलाई फेसबुक र ट्वीटरको चेतावनी

ट्रम्पलाई फेसबुक र ट्वीटरको चेतावनी

एजेन्सी । अमेरिकी संचार माध्यम फक्स न्युजले एरिजोनामा बाइडेनले जित हात पारेको भन्ने घोषणा गर्नेबित्तिकै राष्ट्रपति ट्रम्पले, डेमोक्रेट्सहरुलाई चुनावमा धाँधली गरेको र मत चोरेको भन्ने आधारहिन दाबी गरेका हुन् । यससँगै फेसबुक र ट्वीटरले उनको पोस्टलाई चेतावनी दिँदै लेबल लगाइदिएका छन् । 

उक्त पोस्टमा ट्रम्पले निर्वाचनको आधिकारिक नतिजा नआउँदै आफूले जितिसकेको भन्ने समेत दाबी गरेका छन् । अमेरिकी समय अनुसार मंगलबार राति ट्रम्पले आफूले ‘ठूलो जित हात पारेको’ घोषणा गरेका थिए र यसबारे आफूले सम्बोधन गर्ने समेत जनाएका हुन् । 

स्तोमा फेसबुक र ट्वीटरले उनका पोस्टमा लगाइदिएको चेतावनीपूर्ण लेबलमा चुनावको गणना अझै नसकिएकाले राष्ट्रपतिको दौडामा विजयी घोषित भइसकेको छैन भनेर व्याख्या गरिएको छ । सो लेबलमा एउटा लिङ्क पनि जोडिदिइएको छ जसले प्रयोगकर्तालाई ‘भोटिङ इन्फरमेसन सेन्टर’ को पेजमा पुर्याउनेछ । यस मार्फत प्रयोगकर्ताहरुले निर्वाचन सम्बन्धी सहि जानकारी प्राप्त गर्न सक्नेछन् । 

ट्रम्पले फेसबुक र ट्वीटर दुवै संजालमा त्यस किसिमका गलत दाबी गरेका हुन् । ट्वीटरको लेबलमा उनले लेखेको कुरा गलत र विवादास्पद भएको भनेर चेतावनी दिइएको छ । ट्वीटरका प्रवक्ताले यसबारे भनेका छन्, “यो हाम्रो नितीको विपरित कार्य हो त्यसैले हामीले त्यसमा चेतावनी दिनुका साथै सो ट्वीटमा अन्य प्रयोगकर्तालाई संलग्न हुनमा पनि कडाइ गरिदिनेछौँ ।” फेसबुकले भने हाल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । ट्वीटरले यसअघि पनि धेरैपटक ट्रम्पका विवादास्पद पोस्टहरुमा लेबल लगाइसकेको छ तर फेसबुकका लागि यो पहिलोपटक हो । 

ट्वीटरले राखिदिएको लेबलमा चाहिँ एउटा ‘एक्सक्लामेसन पोइन्ट’ पनि रहेको छ जसमा ‘क्लिक’ गर्दा प्रयोगकर्ताहरुले चुनावबारे स्पष्ट जानकारी पाउन सक्नेछन् र ट्रम्पले भनेका कुरा सत्य होइनन् भन्ने थाहा पाउन सक्नेछन् । हफपोस्ट 

प्रतिक्रिया