ताजा अपडेट
चौरपाटी गाउँपालिकाको सेञ्चुरी बैंकद्धारा सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड चौरपाटी अछाम शाखाले सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको छ । चौरपाटी गाउपालिका अन्तर्गत वितरण हुदै आएको चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको हो ।
बैकबाट कात्तिक १६ गतेदेखि वितरण हुदै आएकोमा अधिकाशं लाभग्राहीहरुले खाता खोल्ने फाराम नभरेहको हुँदा सो सेवा बन्द गर्नु परेको बैकका शाखा प्रबन्धक अर्जुन कुमार बनले बताए । उनका अनुसार लाभग्राहीहरुको खाता खोल्ने फाराम नभरेको हुदाँ सामाजिक सुरक्षा भत्तामा असहजता भएकाले भत्ता वितरण कार्य अर्को सुचना जारी नभएसम्मका लागी सो कार्य स्थगित गरिएको हो ।
यस्तै खाता खोल्न फारम तथा केवाईसी फारम नभरेका लाभग्राहीहरको वडागत विवरण गाँउपालिकामा पठाईसकोले सम्बन्धित वडा कार्यालयहरुले सोही बमोजिम समन्वय गरी आवश्यक सहयोग गर्न समेत बैंकले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया