ताजा अपडेट
चौरपाटी गाउँपालिकाको सेञ्चुरी बैंकद्धारा सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड चौरपाटी अछाम शाखाले सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको छ । चौरपाटी गाउपालिका अन्तर्गत वितरण हुदै आएको चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको हो ।
बैकबाट कात्तिक १६ गतेदेखि वितरण हुदै आएकोमा अधिकाशं लाभग्राहीहरुले खाता खोल्ने फाराम नभरेहको हुँदा सो सेवा बन्द गर्नु परेको बैकका शाखा प्रबन्धक अर्जुन कुमार बनले बताए । उनका अनुसार लाभग्राहीहरुको खाता खोल्ने फाराम नभरेको हुदाँ सामाजिक सुरक्षा भत्तामा असहजता भएकाले भत्ता वितरण कार्य अर्को सुचना जारी नभएसम्मका लागी सो कार्य स्थगित गरिएको हो ।
यस्तै खाता खोल्न फारम तथा केवाईसी फारम नभरेका लाभग्राहीहरको वडागत विवरण गाँउपालिकामा पठाईसकोले सम्बन्धित वडा कार्यालयहरुले सोही बमोजिम समन्वय गरी आवश्यक सहयोग गर्न समेत बैंकले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया