Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

डोटीमा वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

डोटीमा वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गर्नुभएको रगतले ज्यान बचेको छ । 

विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी  उनको उपचारका लागि उक्त अस्पतालमा गएराति आउनुभएको थियो । समयमै रगत नपाएको भए उहाँको ज्यान सम्म जाने सक्ने चिकित्सकले बताएका छन् ।

कम्तीमा पनि चार पिण्ट ओ–पोजेटिभ रगत अभाबमा छट्पटिएकी विष्टलाई अस्पतालले रगतदानका लागि आग्रह गरेपछि वडाध्यक्ष खड्काले अस्पतालमै आएर आज रगत दान गरेका हुन् । वडाध्यक्ष खड्काले रगत दान गरेपछि अहिले महिलाको स्वास्थ्यमा निकै सुधार भएको सो अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए । 

जिल्लामा रगत प्रदान गर्ने ब्लड बैङ्क नभएका कारण यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई रगत प्रदानका लागि निकै समस्या हुँदै आएको छ । जिल्ला अस्पताल नजिक नेपाल रेडक्रस सोसाइटी, डोटी शाखाले वर्षौ पहिले ब्लड बैङ्क खोलेको भएपनि ब्लड राख्ने आवश्यक उपकरण नभएका कारण उक्त बैङ्क सञ्चालनमा आउन सकेको छैन् ।

यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई ब्लड दिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था रहदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यापारी सर्वजीत देउवाले बताए ।
रगत दान गरे बिरामी परिनुका साथै कमजोर भइन्छ भन्ने यहाँका स्थानीयवासीमा परेको नकारात्मक सोचका कारण प्रायः रगत दान गर्न नमान्ने गरेको पनि पाइएको छ । वडाध्यक्ष खड्काले रगत नपाउँदा समस्यामा परेकी महिलालाई रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको बताए । उनले भने, “मानवीय धर्म निर्वाह गरेर अरुको ज्यान बचाउन आफूले रगत दिन पाएँ, निकै खुशी छु, मेरो रगतले कसैको ज्यान बच्यो ।” 

प्रतिक्रिया