Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

दागबत्तीले मनै पोल्यो

दागबत्तीले मनै पोल्यो

कात्तिकको चिसो बुधबारको मध्यरात निष्पट्ट अन्धकार छ। राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलाको किनारमा शीतले लपक्कै भिजेको जमिन छ। केही परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थिति छ। खोला किनारमा खनेको खाल्डोमा शव राखिएको थियो। २ वर्षीय बालकले मसिनो स्वरमा ‘पापा..पापा’ भन्दै मुखाग्नि दिइरहेका थिए। त्यो आगोको रापले भने मलामी गएकाहरूको मन पोलिरहेको थियो।

कोभिड–१९ को कहरबीच नियमित फार्मेसी सञ्चालनमा खटिएका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक २८ वर्षीय राजन साफीले सधैँका लागि छाडेर गएपछि उनका दुई वर्षीय छोराले बुधबार राति पार्थिव शरीरमा दागबत्ती दिए। 

बालकले काका साजनको अँगालोमा बसेर लामो लाठीको एक छेउ समाती टुप्पोमा बालेको बत्तीले बुवालाई मुखाग्नि दिइरहेका थिए। त्यो दृश्यले राजविराजस्थित खाँडो खोलाको घाटमा बुधबार मध्यराति गएका मलामी सबैका आँखा रसाए।

थोरै संख्यामा पुगेका मलामी त्यतिबेला भक्कानिए जब अबोध बालकले पापा..पापा..भनेर खोजी गरे। त्यो दृश्य हेर्न नसकेर फुपू दिदी रेणुले अँगालो हालेर रोइन्। त्यसले झन् माहोल शोकाकुल बनायो। त्यहाँ उपस्थित सेना, प्रहरी र स्वास्थ्यकर्मीसमेत निकै भावुक देखिए। 

उक्त मलामीमा मृतकका बुवा पनि सामेल थिए। तन्नेरी छोराकै मलामी आउनुपर्ला भनेर उनले कल्पना पनि गरेका थिएनन्। तैपनि, परिवारका अन्य सदस्यलाई सम्हाल्ने कोसिस गरिरहेका थिए। तर, आफैँ सम्हालिन गाह्रो परिरहेको थियो। आँसु थाम्ने प्रयासमा उनी हरेकपटक असफल रहे।

फर्मासिस्ट राजनको बुधबार बिहान आफँै कार्यरत रहेको अस्पतालद्वारा सञ्चालिन आइसोलेसन केन्द्रमा निधन भएको हो। नियमित फार्मेसी सेवा सञ्चालनमा अहोरात्र खट्ने उनको मृत्युले सिंगो अस्पताल परिवार दुःखी भएको र इमान्दार कर्मचारी गुमाएको पीडा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजितकुमार झाले बताए। 

राजविराजकै प्रयोगशालामा गत शनिबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन केन्द्रमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको थियो। बुधबार बिहान दूधसहित नास्ता खाएर आराम गर्न गएका उनी बेडबाट लडे र तत्कालै मृत्यु भएको डा. झाले बताए। 

उनको उदार, नम्र, मिजासिलो व्यवहार सम्झँदै बाल्यकालमा १२ वर्ष पढाएका शिक्षक नन्दलाल आचार्यले राजनको व्यवहारले कहिल्यै नबिझेको तर मृत्युको खबरले मुटु बेस्कन बिझेको बताए।  राजनका ४ वर्षीया छोरीसहित बुवा, आमा, श्रीमती, दिदी र भाइ छन्। 

कोरोना महामारीको कहर नरोकिँदा मृत्यु हुनेको लहर बढिरहेको छ। दीर्घरोगी, ज्येष्ठ नागरिक मात्र नभई आधा जीवन पनि बाँच्न नपाएका युवाहरूको मृत्युको खबरले धेरैको मथिंगलमा खलबली मच्चाइरहेको छ।

प्रतिक्रिया