ताजा अपडेट
कैलालीमा कार र स्कुटर सँग अटो ठोक्किँदा तिन जना घाइते
कैलालीको सवारी दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । जिल्लाको अत्तरिया सडक क्षेउमा रोकिरहेको कार र स्कुटर लाई अटोले ठक्कर दिँदा चालक सहित अटोमा सवार तिन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीबाट अत्तरिया तर्फ गइरहेको म १ ह ८ सय २४ नम्बर को अटोले पार्किङमा रहेको बा १९ च ८९४८ नम्बरको कार र से ६ प ५७९४ नम्बरको स्कुटर लाई दिउसो ३ः३५ बजे ठक्कर दिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
अटो चालक गोदावरी नगरपालिका ५ का ३२ वर्षीय राज बहादुर बिक सहित सवार अन्य दुई जनाको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया