ताजा अपडेट
कैलालीमा कार र स्कुटर सँग अटो ठोक्किँदा तिन जना घाइते
कैलालीको सवारी दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । जिल्लाको अत्तरिया सडक क्षेउमा रोकिरहेको कार र स्कुटर लाई अटोले ठक्कर दिँदा चालक सहित अटोमा सवार तिन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीबाट अत्तरिया तर्फ गइरहेको म १ ह ८ सय २४ नम्बर को अटोले पार्किङमा रहेको बा १९ च ८९४८ नम्बरको कार र से ६ प ५७९४ नम्बरको स्कुटर लाई दिउसो ३ः३५ बजे ठक्कर दिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
अटो चालक गोदावरी नगरपालिका ५ का ३२ वर्षीय राज बहादुर बिक सहित सवार अन्य दुई जनाको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया