ताजा अपडेट
देवताप्रति आस्थाका कारण गाउँ नै मदिरा शून्य
जाजरकोट : देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ ।
डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय वासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । मदिरा शून्य भएपछि गाउँवस्ती पनि शान्त भएको छ ।
तेत्तीस घरधुरी भएको सो वस्तीमा कोही कसैले मदिरा उत्पादन तथा सेवन नगर्न देवताले नै आग्रह गरेपछि यस्तो भएको बताइएको छ । पहिलेदेखि मान्दै आएका कुल देवताहरुले मदिरा सेवन तथा बेचविखन गर्दा राम्रो नहुने भनेपछि पछिल्लो दुई जर्षदेखि मदिरा बन्द भएको पुजारी रामबहादुर बोहोराले बताए ।
“पहिले मदिरा सेवन गर्ने, होहल्ला गर्ने, घरमा दिनहुँ झैझगडा हुने, र विभिन्न घरेलु हिंसा हुन्थ्यो तर देवताले नै सबै रोक्न लगाएपछि अहिले सबै शान्त भएको छ”, वडा सदस्य मुनलाल बुढाले भने ।
सबै क्षत्रीको मात्र बसोवास रहेको यो वस्तीमा पहिले मदिरा सेवन गर्नेहरुलाई पनि अहिले देवता प्रकट भएपछि एक किसिमको सकारात्मक सन्देश बाहिर गएको स्थानीय वासिन्दाहरुले बताउने गरेका छन् । धर्म संस्कृति बचाउन पुर्खादेखि पूजाआजा गर्दै आएका स्थानीयहरुले यो गाउँलाई मदिराको हिसाबले जिल्लाकै नमूना गाउँ बनाएका छन् ।
देवताहरुले गाउँमा अन्नबाली छर्दा, भित्र्याउँदा तथा अन्य शुभ कार्यका लागि संस्कार निर्माण गरेको स्थानीयवासीको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया