ताजा अपडेट
साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको चौथो दिनमा दुई खेल सम्पन्न
ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित फुटबल प्रतियोगिता को चौथो दिनको पहिलो खेल आज सगरमाथा एफ सि र ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स बिच भएको थियो । उत्त खेलमा ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स लाई सगरमाथा एफ सि ले ३-० ले पराजित गरेको थियो भने दोस्रो खेल बयालपाटा हस्पिटल र बुढाकोट युवा क्लब बिच भएको थियो उक्त्त खेल मा भने बुढाकोट युवा क्लब ले बयालपाटा हस्पिटल लाई पेनाल्टी मा ५-४ ले पराजित गरेको कुरा आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।
कार्तिक १८ गते मंगलबार बाट बाट सुरु भएको प्रतियोगिता को भोली पाँचौ दिनको पहिलो खेल भने सगरमाथा एफ सि र एन बि वाई सि अत्तरिया बिच हुने भनिएको छ । फुटबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको छ । जसमध्य मंगलसेन एफ सि, कालभैरब युथ क्लब, बयालपाटा हस्पिटल, सोसियल युथ क्लब, कमलबजार एफ सि ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स, रोयल प्रभा एफ सि, कक डसात एफ सि, नवघाट स्पोर्ट्स क्लब, सगरमाथा एफ सि, जयगढ एफ सि बाकतोला एफ सि, बुढाकोट युवा क्लब, एन बि वाई सि अत्तरिया , द पन्ध्र बिस वारीयर्स र आयोजक ब्ल्याक एन्जल्स फुटबल क्लब रहेका छन । फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार बराबरको खसि रहेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया