Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाम थप २ जनाले कोरोना जितेर घर गए

अछाम थप २ जनाले कोरोना जितेर घर गए

अछाम – जिल्लामा थप दुई जना शनिबार कोरोना जितेर घर फर्किएका छन् । चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटका ३२ वर्षीय युवक र मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटका २७ वर्षीया महिलाले कोरोना जितेका हुन्।

उनीहरु दुबैको लगातार रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए। अछाममा कोरोना जितेर घर फर्किनेको सख्या ११ पुगेको छ ।

जिल्लामा अहिले सम्म कोरोना संक्रमितको सख्या ५७ रहेको छ भने तीमध्ये ४४ जनाको जिल्ला अस्पतालसँगै अन्य पालिकाको आईसोलेसनमा उपचार भईरहेको छ ।

३ जनाको जिल्ला वाहिर उपचार भरहेको भने मेल्लेख गाउँपालिका वडा नं.४ कुष्कोटका गर्भवतिलाई शनिबार नै जिल्ला अस्पतालको आईसोलेशनमा भर्ना गरिएको छ ।

अछाममा हाल सम्म १ हजार ७ सय ५६ जनाको स्वाँव संकलन गरिएकोमा ७ सय ५४ जनाको रिपोर्ट आएको छ भने ५७ जना पोजेटिभ देखिएका छन् । अझै १ हजार २ जनाको रिर्पाट आउन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए ।

यस्तै ७ हजार ८ जनाको आरडिटिबाट परिक्षण गरिएकोमा ५ सय ४३ जनाको रिर्पोट पोजेटिभ आएको उनको भनाई रहेको छ । जिल्लामा करिब ३ हजार आरडिटि किट मौज्दात रहेको छ । जिल्लामा शनिबारसम्म ५ हजार ७ सय ३० जनालाई क्वारेन्टाईनमा राखेको छ।

प्रतिक्रिया