Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछाम थप २ जनाले कोरोना जितेर घर गए

अछाम थप २ जनाले कोरोना जितेर घर गए

अछाम – जिल्लामा थप दुई जना शनिबार कोरोना जितेर घर फर्किएका छन् । चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटका ३२ वर्षीय युवक र मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटका २७ वर्षीया महिलाले कोरोना जितेका हुन्।

उनीहरु दुबैको लगातार रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए। अछाममा कोरोना जितेर घर फर्किनेको सख्या ११ पुगेको छ ।

जिल्लामा अहिले सम्म कोरोना संक्रमितको सख्या ५७ रहेको छ भने तीमध्ये ४४ जनाको जिल्ला अस्पतालसँगै अन्य पालिकाको आईसोलेसनमा उपचार भईरहेको छ ।

३ जनाको जिल्ला वाहिर उपचार भरहेको भने मेल्लेख गाउँपालिका वडा नं.४ कुष्कोटका गर्भवतिलाई शनिबार नै जिल्ला अस्पतालको आईसोलेशनमा भर्ना गरिएको छ ।

अछाममा हाल सम्म १ हजार ७ सय ५६ जनाको स्वाँव संकलन गरिएकोमा ७ सय ५४ जनाको रिपोर्ट आएको छ भने ५७ जना पोजेटिभ देखिएका छन् । अझै १ हजार २ जनाको रिर्पाट आउन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए ।

यस्तै ७ हजार ८ जनाको आरडिटिबाट परिक्षण गरिएकोमा ५ सय ४३ जनाको रिर्पोट पोजेटिभ आएको उनको भनाई रहेको छ । जिल्लामा करिब ३ हजार आरडिटि किट मौज्दात रहेको छ । जिल्लामा शनिबारसम्म ५ हजार ७ सय ३० जनालाई क्वारेन्टाईनमा राखेको छ।

प्रतिक्रिया