Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढीमा भारतीयलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष भन्छन्– ‘मलाई झुक्काईयो’

धनगढीमा भारतीयलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष भन्छन्– ‘मलाई झुक्काईयो’

धनगढीमा भारतीयलाई नागरिकताको सिफारिस दिने वडाध्यक्षले आफुलाई झुक्काईएको बताएका छन् । धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीले आफुलाई गुम्राहमा राखेर झुक्काउँदै नागरिकताको सिफारिस लिएको बताएका हुन् ।

२०७५ साल फागुन २० गते वडा नम्बर १२ का वडाध्यक्ष जोशीले नागरिकताका लागि सिफारिस गरेका थिए । सिफारिस गरिएको दिनभन्दा अघिल्लो दिन उनका नक्कली दाजु बनेर खुशीराम चौधरी आएको र उनले आफ्नो भाई भएको भन्दै नागरिकताको फोटोकपी राखेर सिफारिस मागेको वडाध्यक्ष जोशीको भनाई छ । पहिलो दिन सिफारिस नगरिएपछि दोस्रो दिन २०७५ सालको फागुन २० गते पुनिराम चौधरीले आफ्नो कान्छा छोरा भनेर आफैं आएर नागरिकताको फोटोकपी राखेपछि सिफारिस दिएको उनको भनाई छ ।

‘८२ बर्षका पुनिराम चौधरी आफैं आएर मेरो कान्छो छोरा अनिस चौधरी हो भने । उनी विरामी पनि थिए । वडा कार्यालयमा उनलाई अटोमा हालेर ल्याईएको थियों ।’ वडाध्यक्ष जोशीले भने–‘उनले आफ्नो कान्छो छोरा हो भनेर भनेपछि त्यति बुढो मान्छेले भनेको कुरामा विश्वास लाग्यो । सँगै आएका उनका छोरा वुहारीले पनि कान्छो भाई हो भनेर दुवै जनाले नागरिकताको फोटोकपी राखे । दुवै जना वडा नम्बर १२ कै वासिन्दा र यही वडाबाट नागरिकता लिएकाको भएर भनेपछि मलाई सबै कुराहरु लुकाएर सिफारिस लगेका हुन् ।’
उनले सिफारिसका लागि कुनै लेनदेन नभएको दावी गरे । लेनदेनमा सिफारिस गरेको भए आफु कारवाही भोग्न तयार रहेको उनको भनाई छ । 
अदालतमा नक्कली बनेका दाजु भाउजुले पनि वडाध्यक्षको संग्लनता नरहेको र कुनै लेनदेन नभएको र आफुहरुले एक लाख रुपैयाँ लिएको वयान दिएका छन् । सोही आधारमा वडाध्यक्षलाई अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो । यदपी मुद्धाको फैसला भने हुन बाँकी रहेको छ । 

प्रतिक्रिया