Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

कार्तिक २३ अछाम
अस्पतालमा कार्यरत कर्मचारीले अस्पतालकै अगाडी आत्मदाह गरेर विवादमा आएको बयालपाटा अस्पतालले फेरी पनि बजेट अभाव भएको भन्दै  एक महिना पूरा भैसक्दा पनि कर्मचारीलाई तलब नदिएको र संस्थाको नाममा काठमाडौं बस्ने १५ जना कर्मचारीलाई तलब दिएको छ । अस्पतालको व्यवस्थापकिय पक्षले राम्रो काम नगरेको भन्दै अमेरिकाममा रहेको पोसिबलले अनुदान रकम यसअघि नै कटौती गरिसकेको छ । ‘नेपाल जस्तो विकासोन्मुख देशका जनतालाई सेवा दिने विदेशी दाताको मनसाय हुन्छ । तर यहाँ हरेक कुरामा राजनिति हुने, आफू अनुकुल संस्था चलाउने प्रवृती देखेर विदेशी सहयोग कटौती भएको हो ।

व्यवस्थापकिय पक्षका कमीकमजोरी पोसिबलले धेरै औंल्याएको छ ।’ अस्पतालका एक कर्मचारीले भने ,‘स्थानीय तह ,प्रदेश र संघले दिने बजेट आएको छैन । अस्पतालमा ५० प्रतिशत औषधि अभाव छ । कोभिड–१९ सँग जुधेर काम गरेका कर्मचारीले समयमा तलब नपाउने, काठमाडौंका बस्नेले भने पाउने? यो कस्तो नियम हो ?’  कोरोनाकालमा बयालपाटा अस्पतालमा कार्यरत सिनियरदेखि जुनियर कर्मचारी सबै अहोरात्र खटिएर काम गरेपनि केहि सिनियर कर्मचारीले आफू निकटका पत्रकारमार्फत आफ्नो कामको मात्र बढ्याईं गर्दा अरु कर्मचारीको कामको मूल्याकंन नभएको महसुस भएको उनले बताए । ‘बिरामीको उपचार गर्दागर्दै हामी २५ जना भन्दा धेरै कर्मचारीलाई कोभिड देखिएको छ ।

हामीलाई दिने तलब नहुने ,काठमाडौंमा बस्नेलाई तिलब दिएको थाहा पाउँदा आत्मबल कमजोर भएको छ ।’ ति कर्मचारीले भने । अस्पतालका काम कारबाहि बाहिर ल्याउन मिडियाको अधिकार र कर्तव्य भए पनि एकलौटी ढंगले आएका समाचारमा चित्त नबुझेको उनले बताए । 'यहाँ अस्पतालमा काम सबैले गरेका हुन्छन् ,खट्न सबै खटेका हुन्छन् तर पनि केहि मिडियाले पूर्वाग्रही ढंगबाट केहि सिमित व्यक्ति को प्रचार प्रसार गरिन्छ, एक/दुई जनाले मात्रै अस्पताल चलाएका होइनन् नि ’उनले भने ,‘मिडियालाई गुहारेर लेख्न लगाउछन की पत्रकारले चाकडी गर्नलाई लेख्छन् । अचम्म लागेको छ ।’ काठमाडौं बस्ने कर्मचारीले तलब पाएको, अस्पातलमा कार्यरत कर्मचारीले नपाएको किन होला भन्ने जिज्ञासा सोध्न अस्पतालका सिनियर फाइनान्स म्यानेजरलाई सम्पर्क गर्दा फोन भने रिसिभ भएन ।
 

प्रतिक्रिया