Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

कार्तिक २३ अछाम
अस्पतालमा कार्यरत कर्मचारीले अस्पतालकै अगाडी आत्मदाह गरेर विवादमा आएको बयालपाटा अस्पतालले फेरी पनि बजेट अभाव भएको भन्दै  एक महिना पूरा भैसक्दा पनि कर्मचारीलाई तलब नदिएको र संस्थाको नाममा काठमाडौं बस्ने १५ जना कर्मचारीलाई तलब दिएको छ । अस्पतालको व्यवस्थापकिय पक्षले राम्रो काम नगरेको भन्दै अमेरिकाममा रहेको पोसिबलले अनुदान रकम यसअघि नै कटौती गरिसकेको छ । ‘नेपाल जस्तो विकासोन्मुख देशका जनतालाई सेवा दिने विदेशी दाताको मनसाय हुन्छ । तर यहाँ हरेक कुरामा राजनिति हुने, आफू अनुकुल संस्था चलाउने प्रवृती देखेर विदेशी सहयोग कटौती भएको हो ।

व्यवस्थापकिय पक्षका कमीकमजोरी पोसिबलले धेरै औंल्याएको छ ।’ अस्पतालका एक कर्मचारीले भने ,‘स्थानीय तह ,प्रदेश र संघले दिने बजेट आएको छैन । अस्पतालमा ५० प्रतिशत औषधि अभाव छ । कोभिड–१९ सँग जुधेर काम गरेका कर्मचारीले समयमा तलब नपाउने, काठमाडौंका बस्नेले भने पाउने? यो कस्तो नियम हो ?’  कोरोनाकालमा बयालपाटा अस्पतालमा कार्यरत सिनियरदेखि जुनियर कर्मचारी सबै अहोरात्र खटिएर काम गरेपनि केहि सिनियर कर्मचारीले आफू निकटका पत्रकारमार्फत आफ्नो कामको मात्र बढ्याईं गर्दा अरु कर्मचारीको कामको मूल्याकंन नभएको महसुस भएको उनले बताए । ‘बिरामीको उपचार गर्दागर्दै हामी २५ जना भन्दा धेरै कर्मचारीलाई कोभिड देखिएको छ ।

हामीलाई दिने तलब नहुने ,काठमाडौंमा बस्नेलाई तिलब दिएको थाहा पाउँदा आत्मबल कमजोर भएको छ ।’ ति कर्मचारीले भने । अस्पतालका काम कारबाहि बाहिर ल्याउन मिडियाको अधिकार र कर्तव्य भए पनि एकलौटी ढंगले आएका समाचारमा चित्त नबुझेको उनले बताए । 'यहाँ अस्पतालमा काम सबैले गरेका हुन्छन् ,खट्न सबै खटेका हुन्छन् तर पनि केहि मिडियाले पूर्वाग्रही ढंगबाट केहि सिमित व्यक्ति को प्रचार प्रसार गरिन्छ, एक/दुई जनाले मात्रै अस्पताल चलाएका होइनन् नि ’उनले भने ,‘मिडियालाई गुहारेर लेख्न लगाउछन की पत्रकारले चाकडी गर्नलाई लेख्छन् । अचम्म लागेको छ ।’ काठमाडौं बस्ने कर्मचारीले तलब पाएको, अस्पातलमा कार्यरत कर्मचारीले नपाएको किन होला भन्ने जिज्ञासा सोध्न अस्पतालका सिनियर फाइनान्स म्यानेजरलाई सम्पर्क गर्दा फोन भने रिसिभ भएन ।
 

प्रतिक्रिया