Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

साक्षरता कक्षाका किशोरी र महिलालाई खाद्य तथा सफाई सामाग्री वितरण

साक्षरता कक्षाका किशोरी र महिलालाई खाद्य तथा सफाई सामाग्री वितरण

साँफेबगर नगरपालिकास्थित दुईवटा वडामा सञ्‍चालित साक्षरता कक्षाका सहभागीलाई खाद्यान्‍न र सरसफाई सामग्री वितरण गरिएको छ। वडा नम्बर ३ को सिद्धेश्वर र वडा नम्बर ९ को बुढाकोटमा ती सामाग्री वितरण गरिएको हो। त्यहाँ वाक नेपाल र यूनेस्कोको साझेदारीमा वृहत् यौनिकता शिक्षा तथा सुरक्षित सिकाई वातावरणको प्रवर्द्धनका लागि साक्षरता कक्षा चलाइएको हो।

किशोरी तथा यूवा महिला सशक्तिकरण कार्यक्रम अन्तरगत कार्यमूलक साक्षरता कक्षामा सहभागी ४२ जना किशोरी तथा बयस्क महिलाहरुलाई खाद्यान्न र सरसफाई सामाग्री वितरण गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै वाक नेपालका कार्यक्रम ब्यवस्थापक चेतराज जोशीले कोभिड-१९ का कारण किशोरी तथा बयस्क महिलाबीच उत्पन्न खाद्य संकट तथा सरफाई जोखिम न्यूनीकरण गर्ने उद्धेश्यले कार्यमूलक साक्षरता कक्षा चलाइएको बताए। उनले साक्षरता कक्षामा सहभागीका लागि वाक नेपाल र यूनेस्कोको सहकार्यमा राहात सहयोग कार्यक्रम चलाइएको जानकारी दिए। उनका अनुसार जनही ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ किलो चिनी, २ लिटर तेल, डिटोल साबुन ६ वटा, सर्जिकल मास्क २५ वटा, स्यानेटरी प्याड २० वटा वितरण गरिएको हो। उनले साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका र मंगलसेन नगरपालिकामा त्यही परियोजना अन्तर्गत ४ सय १२ जनालाई ती सामाग्री वितरण तयारी भइरहेको बताए।

वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा दुवै ठाउँमा कार्यक्रम भएको हो। सिद्धेश्वरमा प्रमुख अथिति साफेबगर नगरपालिका-का अध्यक्ष थिए। बुढाकोटमा भएको कार्यक्रममा प्रमूख अथिति नेकपा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हिक्मत कुँवर, अथिति साफेबगर नगरपालिका-९ का वडा अध्यक्ष ध्रुबबहादुर थापा, वडा सदस्य दीपक कुवँर, समाजसेवी सुरेश कुँवर, अर्जुन कुँवर, वाक नेपालका लेखा प्रमूख ईश्वर उपाध्याय थिए। कार्यक्रमको सञ्चालन वाक नेपालका ब्यवस्थापक चेतराज जोशीले गरेका थिए।

प्रतिक्रिया