Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साक्षरता कक्षाका किशोरी र महिलालाई खाद्य तथा सफाई सामाग्री वितरण

साक्षरता कक्षाका किशोरी र महिलालाई खाद्य तथा सफाई सामाग्री वितरण

साँफेबगर नगरपालिकास्थित दुईवटा वडामा सञ्‍चालित साक्षरता कक्षाका सहभागीलाई खाद्यान्‍न र सरसफाई सामग्री वितरण गरिएको छ। वडा नम्बर ३ को सिद्धेश्वर र वडा नम्बर ९ को बुढाकोटमा ती सामाग्री वितरण गरिएको हो। त्यहाँ वाक नेपाल र यूनेस्कोको साझेदारीमा वृहत् यौनिकता शिक्षा तथा सुरक्षित सिकाई वातावरणको प्रवर्द्धनका लागि साक्षरता कक्षा चलाइएको हो।

किशोरी तथा यूवा महिला सशक्तिकरण कार्यक्रम अन्तरगत कार्यमूलक साक्षरता कक्षामा सहभागी ४२ जना किशोरी तथा बयस्क महिलाहरुलाई खाद्यान्न र सरसफाई सामाग्री वितरण गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै वाक नेपालका कार्यक्रम ब्यवस्थापक चेतराज जोशीले कोभिड-१९ का कारण किशोरी तथा बयस्क महिलाबीच उत्पन्न खाद्य संकट तथा सरफाई जोखिम न्यूनीकरण गर्ने उद्धेश्यले कार्यमूलक साक्षरता कक्षा चलाइएको बताए। उनले साक्षरता कक्षामा सहभागीका लागि वाक नेपाल र यूनेस्कोको सहकार्यमा राहात सहयोग कार्यक्रम चलाइएको जानकारी दिए। उनका अनुसार जनही ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ किलो चिनी, २ लिटर तेल, डिटोल साबुन ६ वटा, सर्जिकल मास्क २५ वटा, स्यानेटरी प्याड २० वटा वितरण गरिएको हो। उनले साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका र मंगलसेन नगरपालिकामा त्यही परियोजना अन्तर्गत ४ सय १२ जनालाई ती सामाग्री वितरण तयारी भइरहेको बताए।

वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा दुवै ठाउँमा कार्यक्रम भएको हो। सिद्धेश्वरमा प्रमुख अथिति साफेबगर नगरपालिका-का अध्यक्ष थिए। बुढाकोटमा भएको कार्यक्रममा प्रमूख अथिति नेकपा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हिक्मत कुँवर, अथिति साफेबगर नगरपालिका-९ का वडा अध्यक्ष ध्रुबबहादुर थापा, वडा सदस्य दीपक कुवँर, समाजसेवी सुरेश कुँवर, अर्जुन कुँवर, वाक नेपालका लेखा प्रमूख ईश्वर उपाध्याय थिए। कार्यक्रमको सञ्चालन वाक नेपालका ब्यवस्थापक चेतराज जोशीले गरेका थिए।

प्रतिक्रिया