Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ब्ल्याक एन्जल्सद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधी सगरमाथा एफसीलाई

ब्ल्याक एन्जल्सद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधी सगरमाथा एफसीलाई

२३ कार्तिकअछाम :

ब्ल्याक एन्जल्स फुटबल क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि सगरमाथा एफसीले जितेको छ। प्रतियोगिताको आइतवार भएको फाइनल भिडन्तमा सगरमाथा एफसीले आयोजक ब्ल्याक एन्जल एफसीलाई ६ - ४ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। त्यसैगरी एनबिवाईसी अत्तरिया प्रतियोगितामा तेस्रो भएको छ। निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा गरिएको निर्णयमा आयोजक ब्ल्याक एन्जल्स एफसीलाई सगरमाथाले हराएको थियो।

कात्तिक १८ गतेबाट सुरु भएको प्रतियोगितका प्लेयर अफ द टुर्नामेन्ट ब्ल्याक एन्जल्स एफसीका राजेश बुढा भए । ब्ल्याक एन्जसकै अनमोल बिकले ६ गोल गर्दै सर्बाधिक गोलकर्ताको उपाधि जिते। त्यसैगरी राईजिङ प्लेयरको उपाधि ब्ल्याक एन्जल्सका सुवास कुँवरलाई दिईएको थियो। बेस्ट गोलकिपरको उपाधि भने सगरमाथा एफसीका नवीन छन्त्याल जितेकोआयोजक टिम ब्ल्याक एन्जल्सका संस्थापक दशरथ कुँवरले बताए।

उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवरले गरेका थिए। उक्त प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १२ हजार को खसि रहेको थियो ।  

पुरस्कार हस्तान्तरण कार्यक्रम का प्रमुख अतिथी समेत रहनु भएका सडक डिभिजन साफेबगर का प्रमुख ललित खनाल ले गर्नुभएको थियो ।  प्रतियोगिता को समापन कार्यक्रममा सानपा ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, वडा सदस्य बल बहादुर कुँवर, नेपालि कांग्रेस उद्योग तथा व्यापार विभाग का केन्द्रीय सदस्य नरेन्द्र बहादुर  कुँवर, नेकपा का साफेबगर नगर ईन्चार्ज शिलोज कुँवर, निर्माण व्यवसायी संघ अछामका उपाध्यक्ष राजेन्द्र कुँवर, प्रभा धम्कोट माबीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुँवर, समाजसेवी निर्प कुँवर, नेपाली कांग्रेसका नगर सचिव कृष्ण कुँवर, समाजसेवी अनिल कुवँर, त्रिपूरा सुन्दरी क्याम्पस का स्ववियु सभापती भिम कुँवर लगायतका अतिथी रहनुभएको थियो । 

प्रतिक्रिया