Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ब्ल्याक एन्जल्सद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधी सगरमाथा एफसीलाई

ब्ल्याक एन्जल्सद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधी सगरमाथा एफसीलाई

२३ कार्तिकअछाम :

ब्ल्याक एन्जल्स फुटबल क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि सगरमाथा एफसीले जितेको छ। प्रतियोगिताको आइतवार भएको फाइनल भिडन्तमा सगरमाथा एफसीले आयोजक ब्ल्याक एन्जल एफसीलाई ६ - ४ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। त्यसैगरी एनबिवाईसी अत्तरिया प्रतियोगितामा तेस्रो भएको छ। निर्धारित समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा गरिएको निर्णयमा आयोजक ब्ल्याक एन्जल्स एफसीलाई सगरमाथाले हराएको थियो।

कात्तिक १८ गतेबाट सुरु भएको प्रतियोगितका प्लेयर अफ द टुर्नामेन्ट ब्ल्याक एन्जल्स एफसीका राजेश बुढा भए । ब्ल्याक एन्जसकै अनमोल बिकले ६ गोल गर्दै सर्बाधिक गोलकर्ताको उपाधि जिते। त्यसैगरी राईजिङ प्लेयरको उपाधि ब्ल्याक एन्जल्सका सुवास कुँवरलाई दिईएको थियो। बेस्ट गोलकिपरको उपाधि भने सगरमाथा एफसीका नवीन छन्त्याल जितेकोआयोजक टिम ब्ल्याक एन्जल्सका संस्थापक दशरथ कुँवरले बताए।

उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवरले गरेका थिए। उक्त प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १२ हजार को खसि रहेको थियो ।  

पुरस्कार हस्तान्तरण कार्यक्रम का प्रमुख अतिथी समेत रहनु भएका सडक डिभिजन साफेबगर का प्रमुख ललित खनाल ले गर्नुभएको थियो ।  प्रतियोगिता को समापन कार्यक्रममा सानपा ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, वडा सदस्य बल बहादुर कुँवर, नेपालि कांग्रेस उद्योग तथा व्यापार विभाग का केन्द्रीय सदस्य नरेन्द्र बहादुर  कुँवर, नेकपा का साफेबगर नगर ईन्चार्ज शिलोज कुँवर, निर्माण व्यवसायी संघ अछामका उपाध्यक्ष राजेन्द्र कुँवर, प्रभा धम्कोट माबीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुँवर, समाजसेवी निर्प कुँवर, नेपाली कांग्रेसका नगर सचिव कृष्ण कुँवर, समाजसेवी अनिल कुवँर, त्रिपूरा सुन्दरी क्याम्पस का स्ववियु सभापती भिम कुँवर लगायतका अतिथी रहनुभएको थियो । 

प्रतिक्रिया