ताजा अपडेट
कोरोना संक्रमित निषेध गर्न धारामा छाडिएको क’रेन्ट लागेर महिलाको मृत्यु
डोटी: डोटीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
कोरोना संक्रमितहरु धारामा नुहाउन आउने भन्दै स्थानीयले पानी ट्यांकीमा छाडेको करेन्ट लागेर उनको मृ’त्यु भएको स्थानीय गणेश बिष्टले बताए।
सोही ठाउँका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार राखेको स्थानीयले बताएका छन्।
गाउँको सार्वजनिक धारामा भारतबाट आएका कोरोना सं’क्रमित पानी भर्न आउने गरेको भन्दै क’रेन्ट छाडेको किमाडीले स्वि’कार गरेका छन्।
अहिले करेन्ट छाड्ने किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ। भने मृतक महिलाको श’व जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले बताए। – दिनेश खबर
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया