ताजा अपडेट
‘प्रधानमन्त्रीलाई पानी पिउन नपाउने गरी गरिने कारबाहीको प्रतिक्षामा छु !’- गोकुल बाँस्कोटा
पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीमाथि हुने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् ।
यस्तो कुरामा विश्वास नलागे पनि प्रतिक्षा गर्नै पर्र्यो भन्दै उनले प्रधानमन्त्रीमाथि हुने कारबाहीको विषयप्रति व्यङ्ग्य गरेका हुन् । मंगलबार बिहान ट्वीट गर्दै बाँकोटाले दुई हप्ताभित्र प्रधानमन्त्रीलाई पानीसमेत पिउन नपाउने गरी खतरा कारबाहीको तयारी भइरहेको सूचना पाएको भन्दै त्यसको प्रतिक्षामा रहेको भन्दै व्यङ्ग्य गरेका हुन् ।
‘जिम्वालबाका छिमेकीले भनेको दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे ! भर्खरै सुनाए’, बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’
जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 10, 2020
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया