ताजा अपडेट
‘प्रधानमन्त्रीलाई पानी पिउन नपाउने गरी गरिने कारबाहीको प्रतिक्षामा छु !’- गोकुल बाँस्कोटा

पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीमाथि हुने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् ।
यस्तो कुरामा विश्वास नलागे पनि प्रतिक्षा गर्नै पर्र्यो भन्दै उनले प्रधानमन्त्रीमाथि हुने कारबाहीको विषयप्रति व्यङ्ग्य गरेका हुन् । मंगलबार बिहान ट्वीट गर्दै बाँकोटाले दुई हप्ताभित्र प्रधानमन्त्रीलाई पानीसमेत पिउन नपाउने गरी खतरा कारबाहीको तयारी भइरहेको सूचना पाएको भन्दै त्यसको प्रतिक्षामा रहेको भन्दै व्यङ्ग्य गरेका हुन् ।
‘जिम्वालबाका छिमेकीले भनेको दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे ! भर्खरै सुनाए’, बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’
जीम्वालबाका छिमेकीले भनेकाे दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु पराे अब।
— Gokul Prasad Baskota (@GokulPBaskota) November 10, 2020
सम्बन्धित समाचार
ताजा अपडेट
-
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
प्रतिक्रिया