ताजा अपडेट
सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि व्यवसायी पुष्पराज कुँवरले उम्मेदवारी दिने भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवरले अगामी मंसिरमा हुने महासंघको चुनावमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
कुँवरले केन्द्रीय सदस्यमा आफू निर्वाचित हुने विश्वास व्यक्त गर्दै प्रदेशका साना तथा ठुला उद्योगी व्यवसायीका समस्या सामाधानका लागि पहल गर्ने बताएका छन् । कुँवर अगामी मंसिर ११ देखि १३ गते सम्म हुने महासंघको अधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्नेछन् ।
उक्त चुनावमा सुदूरपश्चिमका ९ वटा जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरुले मतदान गर्नेछन् । अहिले सम्म कुँवर बाहेक अरुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छैनन् ।
अरुको उम्मेदवारी नपरेमा कुँवर सर्वसम्मत सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया