Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन बन्ने

सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन बन्ने

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन निर्माण गर्ने भएको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि निर्माण गरेको भवननजिकै अर्को भवन निर्माणको तयारी गरिएको जानकारी दिएको हो।

मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले  इन्जिनियर बोलाएर लागत र समय कति लाग्छ भन्ने विषयमा छलफल भएको बताए।  ‘इन्जिनियरले साइट हेर्नुभएको छ। लागत र समयका बारेमा उहाँहरूले विवरण दिने बित्तिकै निर्माण प्रकृया सुरू हुन्छ,’ उनले भने सेती प्रादेशिक अस्पतालमा अहिले कोरोना संक्रमितको उपचारका लागि उपचारका लागि ५० बेडको छुट्टै भवन बनाइएको छ। त्यहाँ सोमबार ५१ जना बिरामी राख्नुपरेको थियो। प्रादेशिक अस्पतालमा बेड अभाव भएपछि थप्ने प्रक्रिया अघि बढेको मन्त्रालयको भनाइ छ। भवन बन्न ढिला हुने अवस्था आए अस्पतालमै रहेको पुरानो भवनमा बिरामी राख्ने तयारी गरिएको कार्कीले बताए।

अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा ५०, टीकापुर अस्पतालमा ५०, भजनी स्वास्थ्य चौकीमा ४, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा ५ र मालाखेती अस्पतालमा २० गरी जम्मा १२९ आइसोलेसन बेड छन्। तीमध्ये ६७ बेडमा बिरामीको उपचार भइरहेको छ।   यस जिल्लामा मात्रै मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७३२ जना छ। जिल्लाका १५ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ