Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन बन्ने

सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन बन्ने

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ५० बेडको थप एउटा कोरोना उपचार भवन निर्माण गर्ने भएको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि निर्माण गरेको भवननजिकै अर्को भवन निर्माणको तयारी गरिएको जानकारी दिएको हो।

मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले  इन्जिनियर बोलाएर लागत र समय कति लाग्छ भन्ने विषयमा छलफल भएको बताए।  ‘इन्जिनियरले साइट हेर्नुभएको छ। लागत र समयका बारेमा उहाँहरूले विवरण दिने बित्तिकै निर्माण प्रकृया सुरू हुन्छ,’ उनले भने सेती प्रादेशिक अस्पतालमा अहिले कोरोना संक्रमितको उपचारका लागि उपचारका लागि ५० बेडको छुट्टै भवन बनाइएको छ। त्यहाँ सोमबार ५१ जना बिरामी राख्नुपरेको थियो। प्रादेशिक अस्पतालमा बेड अभाव भएपछि थप्ने प्रक्रिया अघि बढेको मन्त्रालयको भनाइ छ। भवन बन्न ढिला हुने अवस्था आए अस्पतालमै रहेको पुरानो भवनमा बिरामी राख्ने तयारी गरिएको कार्कीले बताए।

अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा ५०, टीकापुर अस्पतालमा ५०, भजनी स्वास्थ्य चौकीमा ४, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा ५ र मालाखेती अस्पतालमा २० गरी जम्मा १२९ आइसोलेसन बेड छन्। तीमध्ये ६७ बेडमा बिरामीको उपचार भइरहेको छ।   यस जिल्लामा मात्रै मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७३२ जना छ। जिल्लाका १५ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया