Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सीमा प्रहरी चौकी सदरमुकाम विस्थापित

सीमा प्रहरी चौकी सदरमुकाम विस्थापित

हुम्ला — हिमपातको सिजन सुरु भएपछि नेपाल–चीन सीमा सुरक्षामा तैनाथ नाम्खा गाउँपालिका –६, सुनखानीस्थित प्रहरी चौकी विस्थापित भएको छ । चिसो बढेपछि चौकीमा कार्यरत प्रहरीलाई सदरमुकाम बोलाइएको हो ।

चिसोका कारण बर्सेनि जेठ महिनामा सदरमुकामबाट गएको प्रहरी टोली कात्तिक दोस्रो सातासम्म सुनखानी बस्छ । हिमपात हुन थालेपछि प्रहरीलाई सदरमुकाम फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले बताए । उनका अनुसार सदरमुकाम आएका प्रहरीलाई गर्मी महिना सुरु भएपछि जेठमा मात्र सुनखानी पठाइनेछ । चौकीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी कायम गरिएको छ । तर यस वर्ष ७ जना मात्रै प्रहरी सीमा प्रहरी चौकी पुगेका थिए । हिमपात भएपछि चीन र नेपालको नाका झण्डै ६ महिना बन्द हुन्छ । 

जाडोमा लिमीका सबै गाउँ सुनसान हुने स्थानीय पेम्बा तामाङले बताए । उनका अनुसार लिमीका अधिकांश बासिन्दा जाडो छल्न सिमकोट, नेपालगन्ज र काठमाडौ जाने गरेका छन् । गाउँ नै सुनसान हुने भएकाले प्रहरी चौकी पनि विस्थापित हुने उनले जानकारी दिए ।

प्रतिक्रिया