Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बलात्कारविरुद्ध अभिनेत्री

बलात्कारविरुद्ध अभिनेत्री

नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीहरू विभिन्न विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहन्छन्। यसै क्रममा कलाकार तथा अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मालाई सम्बोधन गर्दै मन छुने स्टाटस लेखेकी छन्। उनको अभिव्यक्ति छ, ‘एउटा अभिनेत्रीबाहेक यो देशलाई  माया गर्ने चेली, एउटी नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न, डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ।’

उनले बलात्कारमा परेका अवोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउने बताउँदै भोलिका दिनमा छोरी जन्मिएला भन्ने डर लाग्न थालेको विचार राखेकी छन्। छोरीका लागि सुरक्षित स्थान बनाउन नसकुँला भनेर डर लागेको बताउँदै उनले छोरालाई असल संस्कार र अनुशासन सिकाउन सकिन्न कि भन्दै शंका व्यक्त गरेकी छन्। 
आफ्नो आधिकारिक फेसबुक पेजमा ऋचाले लेखेको स्टाटसमा उनले नेपालको कमजोर कानुनले भावी जन्मने छोरालाई कानुनले केही गर्न नसक्ने रैछ भन्ने गलत मानसिकता विकसित गर्छ कि भन्ने चिन्ता व्यक्त गरेकी छन्। 

‘दिनहुँ ससाना नाबालिकहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलमा दिन बिताएको देख्दा आफू नारी भएकोमा लाज लाग्न थालेको छ’, ऋचाले अगाडि लेखेकी छन्, ‘जुन देशमा नारीलाई पुजिन्छ, सम्माननीय राष्ट्रपति हुनुहुन्छ, त्यस देशमा बलात्कारजस्तो जघन्य अपराधको कानुनी कार्यान्वयनका निकायहरूले सामान्य रूपमा लिएको देख्दा सीताले अग्निपरीक्षा दिएको युगमा छौं जस्तै लाग्छ।’ 

ऋचाले थपेकी छन्, ‘हामी प्रविधिले विकसित भयौं तर सोचले पिछडिएका छौं। राक्षस प्रवृत्ति भएका पुरुषले अबोध बालिकाको अस्मिताको भोग लगाउँदै गर्दा हामी कठैबरा मात्रै भएका छौं।’ उनले प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्, ‘जनताका लागि नभए पनि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाई भनिदिनुस्, यो देशमा उनीहरू सुरक्षित छन् ?’ आम नेपाली नारीको परिचयमा स्टाटस लेखेकी ऋचाले सरकारमा विश्वास राख्ने आफू अचेल पैताला डगमगाउन थालेको विचार राखेकी छन्। उनको यो पोस्टलाई धेरै प्रतिक्रिया आएको छ। झन्डै हजार सेयर पुगेको छ भने कलाकारिता क्षेत्रभन्दा बाहिरका व्यक्तिहरूले पनि विभिन्न खाले प्रतिक्रिया जनाएका छन्। 

यसैगरी अर्की अभिनेत्री वर्षा राउतले लेखेकी छन्, ‘भरखरै जन्मेको शिशुदेखि ८० वर्षे बृद्धासम्म बलात्कृत, बाबुद्वारा छोरी बलात्कृत, बालक बलात्कृत बालिका बलात्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबैतिर बलात्कार। खै कहाँ छ नारीलाई सम्मान ? खै कहाँ छ नारीलाई सुरक्षा ?’

पछिल्लो समय बालिका बलात्कार र हत्याको ग्राफ उकालो चढ्दै गएपछि बलात्कारविरुद्ध कडा कानुनको माग गर्न थालिएको छ। खासगरी महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्डको कानुन ल्याउनसमेत आग्रह गरेका छन्। यसबारे सार्वजनिक रूपमा चर्को बहस सुरु भएको छ। 

यो समयमा कलाकारिताको माध्यमबाट जनचेता फैलाउँदै आएका कलाकारका यस्ता अभिव्यक्तिले राज्यलाई मार्ग निर्देश गर्न थप टेवा पुग्ने देखिन्छ। केही समयपहिले अर्की अभिनेत्री केकी अधिकारीले पनि सामाजिक सञ्जालमा यस विषयमा आफ्नो धारणा व्यक्त गरेकी थिइन्। उनकै अभिनय रहेको बरिलै बोलको म्युजिक भिडियोमा उनले यसै विषयमा केन्द्रित रहेर मार्मिक अभिव्यक्ति दिएकी छन्। गायक प्रकाश सपुतले निर्देशन गरेको उक्त म्युजिक भिडियोले निकै प्रशंसा पाएको थियो।  

प्रतिक्रिया