Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

ओलीले दाहाललाई भने- भिड्नै खोजेको हो ?

ओलीले दाहाललाई भने- भिड्नै खोजेको हो ?

पार्टी बैठक बोलाउने विषयमा नेकपाका दुई अध्यक्षबीच मंगलबार पनि तनावपूर्ण संवाद भएको छ । धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटमा तिक्ततापूर्ण संवाद भएको बताएका छन् । धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक अगाडि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बिहीबार बैठक बस्ने गरी सहमति गर्न प्रस्ताव गरेपछि उनीहरुबीच तनावपूर्ण संवाद भएको हो ।

सचिवालयका एक सदस्यका अनुसार दाहालले सचिवालय बैठकमा ओलीसँग भेटबारे बिफ्रिङ गरेका थिए, ‘मैले बिहीबार बैठक बसौं भनें । तर, उहाँ (ओली) ले तुरुन्तका तुरुन्तै किन गर्नुपर्‍यो ? पहिला हामी सहमति गरौं । त्यसपछि बैठक बसौंला भन्नुभयो । त्यसपछि मैले अब तुरुन्तै बैठक गर्नुपर्छ भनें। हामीले हिजोसम्म समय दियौं । अब भोलि तपाईं बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरेको थिएँ ।’

ती सचिवालय सदस्यका अनुसार दाहालले ओलीको भनाइ उद्धृत गर्दै बैठकमा बिफ्रिङ गरेका थिए, ‘तपाईंहरु भिड्नै खोजेको हो ? भिड्नै खोजेको हो भने भिडौं । तपाईंहरु एक्सनमा जानुभयो भने मैले भनेकै छु, म महाएक्सनमा जान्छु ।’

धुम्बाराहीमा मंगलबार साँझ बसेको दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले बिहीबारसम्म औपचारिक बैठकका पर्खने निर्णय गरेको छ । त्यत्तिबेलासम्म पनि ओली तयार नभए औपचारिक बैठकतिर अगाडि बढ्ने उनीहरुको योजना छ ।

प्रतिक्रिया