Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च : कहाँ कति ?

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च : कहाँ कति ?

सरकारले आर्थिक वर्ष ०७७/७८ मा कोरोना संक्रमण, रोकथाम तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार खर्च भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

सबैभन्दा बढी रकम हाइ डिपेन्डेन्सी युनिटका लागि खर्च भएको मन्त्रालयले जनाएको छ। यसमा ३ अर्ब २५ करोड खर्च भएको हो ।

यस्तै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा निकासामा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्तावाफतमा १ अर्ब १४ करोड २९ लाख ६ हजार र  आइसीयू भेन्टिलेटर र अस्पताल सुदृढिकरणमा १ अर्ब २९ करोड ९० लाख निकासा भएको हो।

यस्तै मन्त्रालयले कोरोना परीक्षण र उपचारमा केही संशोधन गरेको छ। नेपाल सरकारले कोरोना परीक्षण र उपचार गर्न सुचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण लक्षण वा चिह्‍न देखिएका बिरामीको परीक्षण र उपचार नि: शुल्क गरिने डा.गौतमले बताए।

तर, उल्लेखित व्यक्तिहरुले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै कोरोना उपचार खर्च बिमा रकमबाट गरिनेछ। सक्षम, इच्छुक र योगदान गर्न चाहने व्यक्तिहरुले परीक्षण र उपचारमा योगदान गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया