Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०१ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च : कहाँ कति ?

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च : कहाँ कति ?

सरकारले आर्थिक वर्ष ०७७/७८ मा कोरोना संक्रमण, रोकथाम तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार खर्च भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

सबैभन्दा बढी रकम हाइ डिपेन्डेन्सी युनिटका लागि खर्च भएको मन्त्रालयले जनाएको छ। यसमा ३ अर्ब २५ करोड खर्च भएको हो ।

यस्तै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा निकासामा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्तावाफतमा १ अर्ब १४ करोड २९ लाख ६ हजार र  आइसीयू भेन्टिलेटर र अस्पताल सुदृढिकरणमा १ अर्ब २९ करोड ९० लाख निकासा भएको हो।

यस्तै मन्त्रालयले कोरोना परीक्षण र उपचारमा केही संशोधन गरेको छ। नेपाल सरकारले कोरोना परीक्षण र उपचार गर्न सुचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण लक्षण वा चिह्‍न देखिएका बिरामीको परीक्षण र उपचार नि: शुल्क गरिने डा.गौतमले बताए।

तर, उल्लेखित व्यक्तिहरुले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै कोरोना उपचार खर्च बिमा रकमबाट गरिनेछ। सक्षम, इच्छुक र योगदान गर्न चाहने व्यक्तिहरुले परीक्षण र उपचारमा योगदान गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

ट्रेन्डिङ