Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

चितुवा संग लड्ने ‘बाघ’ मार्ने मान्छेहरु !

चितुवा संग लड्ने ‘बाघ’ मार्ने मान्छेहरु !

डडेल्धुरा र बैतडीको सीमा क्षेत्रमा चितुवा (बाघ) ले आतंक मच्चाइरहेको थियो । बैतडीको शिवनाथ गाउँपालिका–४ बगार र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपाल क्षेत्रमा उक्त चितुवाले २ जनाको ज्यान लियो ।

नरभक्षी चितुवाले कार्तिक २३ गते रुपालमा १२ वर्षीय बालक दिलबहादुर साउदलाई आक्रमण गरेको थियो । घर नजिकै रहेका बालकलाई चितुवाले आक्रमण गर्र्दा उनको घटना स्थलमै ज्यान गयोे । त्यो दिन गाउँले आएर भगाएपछि त्यो चितुवाको भोक मेटिन पाएन । त्यसपछि मुखमा रगत लागिसकेको नरभक्षी शान्त हुने कुरै भएन । त्यसकै भोलिपल्ट चितुवाले घाँस काटिरहेको बालिकालाई आक्रमण गर्ने हिम्मत गर्यो । 

के भएको थियो दोस्रो दिन ? 
दिउँसोको १२ बजिसकेको थियो । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महता गाउँका केही महिलासंग घर खोला पारी डडेल्धुरामा रहेको घना जंगलमा घाँस काट्न गएकी थिइन् । घाँस काटेर घाँसको भारी बनाउने क्रममा उनी केही ढिलो भइन् र उनले अन्य महिलालाई घरतिर जान र आफु र केही दिदीबहिनीहरु बिस्तारै आउने बताइन् । त्यसैबेला चितुवाले उनीलाई आक्रमण गर्‍यो । सिधै घाँटीमा आक्रमण गरेकाले होला उनी त्यही ठाउँमा ढलिन् । त्यो देखेर संगै रहेका उनका दिदीबहिनी आत्तिए । बल्लतल्ल आफुलाई सम्हालेर उनीहरु घरतर्फ भागे । 

उता घरमा रहेका बगारका २८ वर्षीय बिनोद महता दिदीबहिनीहरु हतार गरेर आएको देख्दा अच्चम्मित परेका थिए । ती दिदीबहिनीले घटनाको बोलिबिस्तार सुनाएपछि विनोदसहित गाउँलेहरु घरेलु हातहतियार बोकेर घटनास्थलतर्फ हिडे । आफुहरुलाई घटना भएको जंगलमा पुग्न २० मिनेट लागेको विनोद बताउँछन् । 

‘घटना स्थलमा पुग्दा एउटा चितुवा मायाको शव वरिपरी घुमिरहेको थियो । मान्छेदेखि कतै नडराउने चितुवालाई सुरुमा त हामीले हल्ला गरेर भगाउने कोशिस गर्‍याैं तर त्यसले हामीलाई नै आक्रमण गर्न खाज्यो’ उनले भने, ‘केही सिप नलागेपछि हामीहरुले ढुंगा प्रहार गर्‍याैं  । त्यसपछि मात्रै चितुवा लगभग ५० मिटर तल रहेको खोलातर्फ भाग्यो ।’

आफ्नै अगाडी गाउँकी छोरीको हत्या गरिएको शव देखेपछि उनीहरुले आफुलाई सम्हाल्न सकेनन् र चितुवालाई प्रहार गरिरहे ।  गाउँले र चितुवाको बीचमा भएको त्यो भिडन्तमा गाउँका थुप्रैलाई चोट लाग्यो ।
बिनोद अगाडी भन्छन्, ‘हामीले हसिँया ढुंगा प्रहार गर्दा समेत चितुवा भागेन, त्यसपछि हामीले चारैतिरबाट घेरा लगायौं। लगभग १०० जना रहेका हामी मध्ये चितुवाले केही दाजुभाइलाई समेत आक्रमण गरेर घाइते बनायो ।’

लगभग २ घण्टाको दोहोरो भिडन्तपछि अन्ततः चितुवा ढल्यो । गाउँलेको जीत भयो तर भोलिपल्ट कक्षा ११ को तयारी गरिरहेको मायालाई गाउँलेले गुमाए । विनोदलाई थौरै चोट लाग्यो तर आक्रमणमा परि वडा नम्बर ४ कै ४२ वर्षीय सुरेन्द्र सिंह महता, ४३ वर्षीय रामसिह महता, ४० वर्षीय अर्जुन सिह महता र ४० वर्षकै कृष्णसिह महता गम्भीर घाइते बन्नुपर्‍यो । अहिले उनीहरुको डडेलधुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

भारतबाट आएको थियो नरभक्षी चितुवा !
गाउँलेका अनुसार गाउँमा यसअघि चितुवाले १४/१५ पटक आक्रमण गरेको घटना घटेपनि  यसपटकको चितुवा फरक रहेको छ । चितुवा मारेका बिनोद महताले उक्त चितुवा भारतबाट महाकाली नदी पार गरेर आएको आशंका गरेका छन् ।

‘हाम्रो गाउँमा खासै जंगल छैन् तर पारी भारतमा घना जंगल छ । हामीले सुनेको केही दिनअघि मात्रै सीमा क्षेत्र भारतमा चितुवाले २२ वर्षीया युवतीलाई आक्रमण गरेको थियो रे’ उनले भने, ‘हामीलाई त शंका छ यो त्यही चितुवा हुनुपर्छ ।’ 

वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण महताले पनि उक्त चितुवा भारतबाट आएको हुनसक्ने बताएका छन् । ‘पहिले पनि यता धेरै घटना घटिसकेका छन् । त्यो बेला हामीले सुरक्षा निकायको सहयोग मागेका थियौ’ उनले भने, ‘यो पटक भने अलि फरक किसिमको घटना घटेको छ । त्यत्रो गाउँलेले घेर्दा समेत नभाग्ने चितुवा यो भन्दा अगाडी देखेका थिएनौ ।’

किन आक्रमण गर्छ, चितुवाले मान्छेलाई ?
सामान्यतया चितुवा तथा बाघले ४ अवस्थामा मानिसलाई अक्रमण गर्ने गर्दछ । डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार बच्चा भएको, घाइते भएको, कमजोर भएको अवस्था र मान्छेको रगत खान पल्केको अवस्थामा चितुवाले आक्रमण गर्ने गर्छ ।

‘डडेल्धुरा जंगल भएको क्षेत्र भएकाले यहाँ थुप्रै जंगली जनावर छन् । तसर्थ  यो घटनामा मारिएको चितुवा नरभक्षी भएको हुनसक्ने हाम्रो अध्ययनले देखाएको छ’ उनले भने, ‘मान्छेको मासु स्वादिष्ट हुने हुँदा पक्कै पनि यो चितुवाले खानलाई नै आक्रमण गरेको हुनुपर्छ ।’ उनका अनुसार उक्त चितुवा भारत तथा चितुवाको अतंक भएको क्षेत्र बैतडीको तल्लो स्वराडबाट आएको हुनसक्छ ।

‘इतिहास हेर्ने हो भने डडेल्धुरामा चितुवाले आक्रमण गरेका घटना न्यून छन् । चितुवा पानीमा पनि राम्रोसँग पौडिन सक्ने भएकाले यो भारतबाट आएको पनि हुनसक्छ’ उनले भने ।  अहिले मारिएको चितुवालाई मुचुल्कापछि डिभिजन वन कार्यालय डडेल्धुरा पसिरमा गाडिएको वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । 

कस्तो अवस्थामा जंगली जनावर मार्न पाइन्छ ? 
वन अधिकृत आचार्यका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ९४ बमोजिम प्रमुख जिल्ला अधिकारीलाई नरभक्षी जनावरलाई मार्न आदेश दिनसक्ने अधिकार हुन्छ । 

‘सोही अधिकार अनुसार डडेल्धुरा र बैतडीको सीमा क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा मार्ने निर्णय भइसकेको थियो । तर गाउँलेहरुले प्रहरीभन्दा अगाडी चितुवा मारिदिए ’ उनले भने । सामान्यतया जंगली जनावर मार्न नपाइने भएतापनि प्रतिकार गर्ने बेला अथवा नरभक्षी भएको अवस्थामा त्यस्ता जनावरलाई मार्न पाइने वन अधिकृत आचार्यले बताए ।  

प्रतिक्रिया