Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

बन्दाबन्दीका कारण रोकिएको डोटीका सडक निर्माण कार्यले पुनः तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाको राजपुर–फलेडी, झिग्राना सडक, राजपुर–बुहार तथा सहजपुर–बोगटान सडकमा पुनः काम शुरु भएको हो ।

सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले राजपुर–बुहार सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ भने अन्य क्षेत्रका सडकमा डबल कटिङसहितका काम शुरु भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने झिग्राना सडक निर्माण कार्य अहिले तीव्र गतिमा अगाडि  बढाइएको छ ।

सुदूरपश्चिम सरकारको लगानीमा डोटीको जिल्ला सदरमुकाम सिलगढीदेखि ओखरबोट ओसाइल बगलेक–झिग्राना सडक निर्माणको काम तीव्र गतिमा भइरहेको हो । प्रदेश सरकारले खप्तड जोड्ने सिलगढी झिग्राना सडक (१५.६ किलोमिटर) कालोपत्र गर्न रु ४० करोड बजेट विनियोजन गरी सडक निर्माण कार्य गराउने जिम्मा पाएको सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराले ठेक्का सम्झौता गरेसँगै उक्त सडक कालोपत्रसहित निर्माणको कामले गति लिएको लिएको हो ।

सिलगढी– झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी–मेल्लेक सडकको निर्माण कार्य राजेन्द्र र पिएस जेभि  निर्माण व्यवसायीले काम गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको खप्तड जाने सडक कालोपत्रे हुने भएपपछि स्थानीयमा खुशीयाली छाएको छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले खप्तड जाने सडक कालोपत्र भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकै सहज हुने बताए । सो क्षेत्रमा चार रैथानेसहित १३५ प्रजातिका फूल नियाल्न सकिन्छ ।  २२४ प्रजातिका जडिबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी खप्तड क्षेत्रमा हेर्न पाईन्छ ।

विश्वकै दुर्लभ जातिको हरियो छेपारो खप्तडमा पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तडमा दह पनि रहेको छ । खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वाध्यक्ष पूर्णराज जोशीले बताए ।

उनले भने, “खप्तडमा पर्यटन विकास मात्रै गरे अर्बौ रुपैयाको कारोबार हुने छ । पर्यटनबाहेक खप्तडको जडिबुटी र वनस्पति पनि अर्को आयस्रोत हो ।”

प्रतिक्रिया