Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०१ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

बन्दाबन्दीका कारण रोकिएको डोटीका सडक निर्माण कार्यले पुनः तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाको राजपुर–फलेडी, झिग्राना सडक, राजपुर–बुहार तथा सहजपुर–बोगटान सडकमा पुनः काम शुरु भएको हो ।

सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले राजपुर–बुहार सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ भने अन्य क्षेत्रका सडकमा डबल कटिङसहितका काम शुरु भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने झिग्राना सडक निर्माण कार्य अहिले तीव्र गतिमा अगाडि  बढाइएको छ ।

सुदूरपश्चिम सरकारको लगानीमा डोटीको जिल्ला सदरमुकाम सिलगढीदेखि ओखरबोट ओसाइल बगलेक–झिग्राना सडक निर्माणको काम तीव्र गतिमा भइरहेको हो । प्रदेश सरकारले खप्तड जोड्ने सिलगढी झिग्राना सडक (१५.६ किलोमिटर) कालोपत्र गर्न रु ४० करोड बजेट विनियोजन गरी सडक निर्माण कार्य गराउने जिम्मा पाएको सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराले ठेक्का सम्झौता गरेसँगै उक्त सडक कालोपत्रसहित निर्माणको कामले गति लिएको लिएको हो ।

सिलगढी– झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी–मेल्लेक सडकको निर्माण कार्य राजेन्द्र र पिएस जेभि  निर्माण व्यवसायीले काम गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको खप्तड जाने सडक कालोपत्रे हुने भएपपछि स्थानीयमा खुशीयाली छाएको छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले खप्तड जाने सडक कालोपत्र भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकै सहज हुने बताए । सो क्षेत्रमा चार रैथानेसहित १३५ प्रजातिका फूल नियाल्न सकिन्छ ।  २२४ प्रजातिका जडिबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी खप्तड क्षेत्रमा हेर्न पाईन्छ ।

विश्वकै दुर्लभ जातिको हरियो छेपारो खप्तडमा पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तडमा दह पनि रहेको छ । खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वाध्यक्ष पूर्णराज जोशीले बताए ।

उनले भने, “खप्तडमा पर्यटन विकास मात्रै गरे अर्बौ रुपैयाको कारोबार हुने छ । पर्यटनबाहेक खप्तडको जडिबुटी र वनस्पति पनि अर्को आयस्रोत हो ।”

प्रतिक्रिया

ट्रेन्डिङ