Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाल टेलिकमको यस्तो छ तिहार अफर

नेपाल टेलिकमको यस्तो छ तिहार अफर

नेपाल टेलिकमले तिहार तथा तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफर ल्याएको छ। कम्पनीले दशैंमा उपलब्ध गराएका केही छुटलाई तिहारमा निरन्तरता दिएको हो। यी अफरहरु काग तिहारदेखि छठ पर्वसम्म उपलब्ध हुनेछ।

थप विशेषताका अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागू हुने बताइएको छ।

फेस्टिभल अफर

फेस्टिभल अफरका रुपमा जीएसएमरसीडीएमए मोबाइलको व्यालेन्स टप अप गर्दा निम्न वोनस पाइनेछ।  रिचार्ज कार्डबाट ५० रुपैयाँको रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस।

रिचार्ज कार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि  १०० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस।रिचार्ज कार्डबाट २०० रुपैयाँ वा एमपोसबाट  १०१ देखि  २०० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस।

एमपोसबाट २०१ रुपैयाँदेखि ४९९ रुपैयाँ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस। रिचार्ज कार्डबाट ५०० रुपैयाँ वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस।

रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस।

अटम अफरमा थप सुविधा

कम्पनीले ७ दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन १०० मिनेट र २८ दिनका लागि प्रतिदिन १०० मिनेट चलाउन मिल्ने फरक इको भ्वाइस प्याक उपलब्ध गराउने भएको छ।

७ दिनका लागि उपलब्ध हुने यस प्याकेजको मूल्य  ९५ हुनेछ। २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य  ३७५ रुपैयाँ हुनेछ। यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ।

यसैगरी भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइस समेत उपलब्ध गराइएको छ।

यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि ९५ मा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र ७ जिबीडाटा चलाउन सकिन्छ।

साथै ३७५ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जिबीडाटा सहितको प्याकेज उपलब्ध हुनेछ।

लार्ज सोसियल मिडिया प्याक

१८० रुपैयाँमा ७ दिनका लागि अल डाटा ४ जिबी र प्रत्येक दिन १ जिबीफेसबुक तथा युट्युब चलाउने गरी ७ जिबीसहित जम्मा ११ जिबीडाटा। ५९९ रुपैयाँमा अल डाटा १० जिबीर २८ दिनसम्म प्रत्येक दिन १ जिबीगरी फेसबुक तथा युट्युब चलाउन २८ जिबीसहित जम्मा ३८ जिबी।

यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने १ जिबी डाटाले युट्युब र फेसबुक चलाउन सकिने छ। युट्युब र फेसबुकसम्बन्धी सबै डाटा जुनुसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने छ।

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा ५९९ रुपैयाँको नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरिएको छ।

७४९ को प्याकमा डाटा भोल्युम परिमार्जन गरिएको छ। अब ५९९ रुपैयाँमा ३० दिनसम्म चलाउन मिल्नेगरी प्याक लिन सकिने छ। सो प्याक प्रयोग गरी ४०० मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा हुनेछ। साथै सो प्याकबाटै ६ जिबी डाटा चलाउन र २ सय वटा एसएमएस पठाउन सकिने छ।

यसैगरी ७४९ को ३० दिन चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिने छ। यसबाट ८०० मिनेट कम्पनीकै नेटवर्कमा र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने कम्पनीको भनाइ छ। त्यसैगरी ८ जिबी डाटा भोल्युम चलाउन ५ सय वटा एसएमएस गर्न सकिन्छ।

कम्पनीकाअनुसार विभिन्न प्याकेज पाउन ग्राहकले *1415# डायल गर्नुपर्नेछ।

प्रतिक्रिया